बिर्तामोड । इलामको माईजोगमाई गाँउपालिका घर भई हाल अर्जुनधारा नगरपालिकास्थित दिदीको घरमा अध्धयन गर्न बसेकी एक किशोरीलाई जबरजस्ती गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडित किशोरीका आफन्तको उजूरीको आधारमा अर्जुनधारा–५ स्थित कञ्चनबारी निवासी ४० वर्षीय चुडामणि सापकोटालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
पीडित किशोरीका अनुसार गए राती नौ बजे टिभी हेरीरहेको अवस्थामा आरोपित सापकोटाले कोठामा दिदी नभएको मौका छोपी आफ्नो संवेदनशिल अंगमा समाएको बताइन् । पीडकलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग पीडितको रहेको छ । प्रहरीले घटनामाथि अनुसंधान शुरु गरेको जनाएको छ ।