जिरोपोइन्ट । बैदेशिक रोजगारीमा गएर फर्किएका महिलाको राष्ट्रिय समूह आप्रवासि महिला कामदार समूह(आम्कास) नेपालले बिहिबार धरानमा स्थानिय सरकार, नागरीक समाज र आप्रवासि महिला कामदार समूहसंग समन्वय बैठक सम्पन्न गरेको छ । धरान ९ स्थित रहेको होटल रत्न इनमा भएको उक्त कार्यक्रममा सुनौलो मोका परीयोजना अन्तर्गत रहेको मोबाईल एप्लिकेसनको शुभ यात्रा को विषयमा जानकारी गराइएको थियो । शुभ यात्रा बैदेशिक रोजगारीमा गएर आएका, बैदेशिक रोजगारीमा भएका र जान चाहने सबैका लागी सहयोगी एप्लिकेसन रहेको आम्कास नेपालकी संस्थापक अध्यक्ष विजया राई श्रेष्ठले बताएकी छिन् । उनका अनुसार यस एप्लिकेसनबाट बैदेशिक रोजगारीसंग सम्बनधित सम्पुर्ण जानकारी पाउन सकिन्छ । सुनौलो मौका परीयोजान अन्तर्गत आम्कास नेपालले सुनसरी, झापा, धादिङ, नुवाकोट र काठमाण्डोमा गरी जम्मा पाचवटा जिल्लामा कार्य गर्दै आएको छ ।