पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा दुई दिने गाउँपालिका र वडा स्तरीय पुर्ण सरसफाई प्रवद्र्धनसम्बन्धी अभिमूखिकरण गोष्ठी सम्पन्न भएको छ । खानेपानी सरसफाई उपभोक्ता महासंघ पाँचथरको आयोजना सम्पन्न भएको गोष्ठीका सहभागीहरुलाई गाउँपालिकामा रहेका बिभिन्न वडाहरुलाई सरसफाई मुक्त क्षेत्र घोषणाको लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको थियो । खानाखानु अगी वा पछि साबुनपानीले हातधुने, घरवरीपरिको बाताबरण निरन्तर रुपमा सरसफाइ गर्नु, लगायत बिभिन्न सरसफाइका सुचकहरु पुरा गरेको अबस्थामा मात्रै पुर्ण सरसफाई क्षेत्र घाषणा हुनेभएकाले त्यस तर्फ अग्रसर हुन सहभागीहरुलाई आग्रह गरिएको थियो । कुम्मायक गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेसंगै कुम्मायक गाउँपालिकालाई सरसफाई मुक्त क्षेत्र घोषणा अभियानमा गाउँपालिका र वडा स्तरीय खानेपानी सरसफाई उपभोक्ता समितिहरुलाई सक्रिय बन्नको लागि आग्रह गरिएको थियो । कार्यक्रमको सहजीकरण खानेपानी सरसफाइ उपभोक्ता महासंघ पाँचथरका सहजकर्ता सुर्य अधिकारीले गरेका थिए । गोष्ठीमा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सिता आचार्य, जिल्ला समन्वय समिति सदश्य मनमायाँ लावती लगायतका सहभागीहरुले गाउँपालिकालाई सुन्दर र हराबरा बनाउँनको लागि पुर्ण सरसफाई मुक्त गाउँपालिका घोषणा अभियानमा सबै एकजुट भएर लाग्नु पर्र्ने बताएका थिए । गोष्ठीमा जनप्रतिनिधि स्वायमसेवीका, स्वास्थ्थ कर्मी लगायत ३४ जनाको सहभागीता रहेको थियो ।