मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका– ९ मा पानीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । उर्लाबारी – १ बस्ने १९ वर्षिय दिलकुमार लिम्बुको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
यस्तै सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ – ९ महेश चोक बस्ने ७२ वर्षिय बृद्ध भिमबहादुर माझीदमाइको मृत्यु भएको छ । बिहान घरबाट हिडेका माझी बिहीबार दिउँसो महेश चोक नजिक राम्रीखोला किनारमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । माझीदमाइ र लिम्बु दुबइको शव पोष्टमाटमको लागी इलाका स्वास्थ्यचौकि मङ्गलबारे लगीएको इप्रका मधुमल्लाले जनाएको छ।