इटहरी/ प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा छ । तर, स्थायी राजधानीका विषयमा विवाद छ । स्थायी राजधानीका लागि सांसदहरूले विराटनगर, इटहरी, धनकुटा र मोरङको गोठगाउँको नाम चर्चामा ल्याइरहेका छन् । तर इटहरीको केन्द्रिय स्तरमा पहुँच राख्ने नेता नभएकै कारण इटहरीलाई प्रदेशको राजधानी बनाउँन पुहँच नपुगेको इटहरीबासी बताउँछन् ।
एक नम्बर प्रदेशको स्थायी राजधानी र नामकरणमा ढिलाई भईरहेको छ । प्रदेश सरकार सञ्चाललनमा आएको ६ महिना बित्दा पनि स्थायी राजधानी र नामकरणको टुगो नलाग्दा सर्वसाधरणहरु अनबिज्ञ हुदै आएका छन् । प्रदेश सरकारले अहिले सम्म स्थायी राजधानी तोक्न नसक्नु प्रदेश सरकार सुस्ताएको सामाजिक अगुवाहरु बताउँछन् । प्रदेश सरकारले छिटो भन्दा छिटो राजधानी र नामकरणको विषय टुंगो लगाउँन माग गरेका छन । इटहरी २० तरहराका सामाजिक अगुवा मिलन श्रेष्ठले एक नम्बर प्रदेशको नाम सगरमाथा र इटहरीलाई प्रदेशको राजधानी बनाउँन माग गरे । पछिल्लो केहि समय यता एक नम्बर प्रदेशको राजधानी विराटनगर बनाउन चहलपहल सुरु भएको भन्दै प्रदेशबासीको पायक पर्ने ठाउँ इटहरीमा राजधानी हुनु पर्ने माग उनको छ ।
नेकपा इटहरीका नेता सागर सुबेदीले प्रदेश सरकारले नाम र स्थायी राजधानी तत्काल गठन गर्नु पर्ने माग गरे । सगरमाथालाई प्रदेशको नाम राखि इटहरीलाई स्थायी राजधानी बनाउँनु पर्ने उनको माग छ । प्रदेश सरकारले नामरण र राजधानी तोक्न ढिलाई गरिरहेको भन्दै सरकारले द्रुत गतिमा लाग्न उनको सुझाब छ । पूर्वी पहाडी जिल्लाहरुलाई समेत सहज हुने गरी इटहरीलाई राजधानी तोकिनु पर्ने उनको माग छ । इटहरीलाई राजधानी बनाउनुको विकल्प नभएको इटहरीबासी बताउँछन । इटहरीमा प्रशस्त ठुला भवन सँगै यातायातको दृष्टिकोणले समेत सहज भएको भन्दै इटहरीलाई राजधानी बनाउँनु पर्ने इटहरीबासीको माग छ । नेपाली कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले इटहरीलाई प्रदेशको राजधानी बनाउँनु प्रदेश सरकार लाग्नु पर्ने बताए । इटहरी प्रदेशको राजधानीको लागी उपयुक्त रहेको भन्दै इटहरीको विकल्प नसोच्न प्रदेश सरकारलाई उनको सुझाब छ ।
प्रदेश एकका प्रमुख प्रतिपक्ष दलका नेता राजिब कोईरालाले राजधानी र नामकरण तोक्न प्रदेश सरकारले ढिलाई गरीरहेको बताए । उनले भने हामीले मुख्यमन्त्रीलाई भेटेर चाडो गर्नुहोस भनीरहेकै छौ, तर अहिले सम्म तोक्न नसकेको उनको भनाई थियो । श्रावण भर अझै समय लाग्ने मुख्यमन्त्री शेरधन राईले भन्नु भएको छ नेता कोईरालले भने । राजधानी र नामकरण तोक्न ढिला भएको भन्दै यस विषयमा आफुहरु पनि गम्भिर भएको कोईरालाले बताएका छन्
श्रावण भर अझै समय लाग्ने मुख्यमन्त्री शेरधन राईले भन्नु भएको छ नेता कोईरालले भने । राजधानी र नामकरण तोक्न ढिला भएको भन्दै यस विषयमा आफुहरु पनि गम्भिर भएको कोईरालाले बताएका छन् ।
प्रदेश सरकार बस्ने भौतिक संरचना तयार इटहरीको जुटविकासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र रेशम प्रशोधन केन्द्रमा ४५ विगाहा जमिन छ । तीन वटा आधुनिक भवनमा क्वार्टर बाहेकै ८० वटा कोठा छन् । सात वटा सभाहल छन् । २ विगाह ७ कठ्ठा क्षेत्रफलमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसँग छ । ७ वटा भवनमा जम्मा ३२ वटा कोठा छन् । किरात राई यायोक्खाको सामुदायिक भवन यहाँ एक विगाहा ७ धुर जमिन छ । एउटा अत्याधुनिक भवन छ जहाँ प्यारापिट, एट्याच कार्यकक्ष तथा बाथरुमसमेत छ ।
अन्य ८ वटा कोठाहरु छन् । तरहरामा रहेको कृषि अनुसन्धान केन्द्र यहाँ १ सय ५६ विगाहा जग्गा छ । तीन वटा भवनमा गरेर ३० वटा कोठा छन् । आन्तरिक राजस्व कार्यालयको भवन जहाँ ८ कठ्ठा जग्गामा बनेको भवनमा २० वटा कोठा छन् । एउटा सभाहल छ । कृषि सामाग्री कम्पनि, राष्ट्रिय विउ विजन कम्पनि र नेपाल खाद्य संस्थानको कार्यालय रहेको चार विगाहा क्षेत्रमा दुई वटा भवन छन् । उद्योग वाणिज्य संघ इटहरीको भवन ७ कठ्ठा क्षेत्रफलभित्र बनेको छ । संगीत साधना केन्द्र सामुदायिक भवनको १० कठ्ठा क्षेत्रफलभित्रको भवनमा दुई वटा सभाहल छन् ।