इटहरी । इटहरी उपमहानगरपालिकामा कर तिर्न पुगेका सेवाग्राही घण्टौ लाईन बस्नु बाध्य छ ।
कर्मचारी अभाबकै कारण सेवाग्राहीहरु थोरै कर तिर्नु पनि लाईन बस्नु पर्ने बाध्यता जनप्रतिनिधि आए पनि ज्यू को त्यू छ । इटहरी उपमहानगरपालिकाको कर शाखा सेवाग्राहीहरु दैनिक घण्टौ लाईन बस्नु बाध्यता भएको सेवाग्राहीहरु बताउछन् । कर्मचारीको हेलचक्राईं, सुस्त कार्यसम्पादन तथा सेवाग्राहीलाई दुःख दिने प्रवृति जनप्रतिनिधिहरु आए पनि हट्न नसकेको सेवाग्राहीहरु भन्छन् ।
इटहरी उपमहानगरपालिका भित्र कर तिर्ने लाईनमा बसेरका सेवाग्राही यज्ञ घिमिरेले कर तिर्नु आउँदा दुख पाएको गुनासो गरे । राज्यलाई कर तिर्ने आउँदा पनि पाँच घण्टा लाईन बस्नु पर्ने बाध्यता रहेको गुनासो गदै उनले भने हामी कर तिर्नु आउँदा तुरन्त तिर्न पाउनु पर्यो ।
रोगी बिरामी मान्छे कहिले सम्म लाईन बस्नु उनको प्रश्न थियो । उपमहानगरपालिकाले कर तिर्ने शाखालाई व्यवस्थीत बनाउनुको विकल्प नभएको उनको भनाई थियो । यसलाई जनप्रतिनिधिहरुले देखेको नदेखे जस्तै गरे हिडिरहेका छन् । सेवाग्राहीलाई सुविधाको विषयमा कुनै चासो देखाएको छैन । शुत्रबार कर तिर्ने उपमहानगरभित्र लाईनमा बसेका वडानम्बर ५ का सेवाग्राही लक्ष्मी प्रसाद अधिकारीले कर तिर्नु सास्ती बेहाेर्नु परेकाे बताए ।
उपमहानगरपालिकाले कर तिर्नु सहज वातावरण बनाउनु पर्ने उनको माग छ । हामी सरकारलाई कर तिर्छौ तर तिर्न जादा सहज रुपमा तिर्न पाईयोस् अधिकारीले भने । थोरै कर तिर्नु पनि घण्टौँ लाईन बस्नु परेको उनको गुनासो थियो । राज्यलाई पैसा दिन आउँदा पनि दुख हुन्छ उनी भन्छन् । सेवाग्राहीलाई छरितो सेवा चाहिएको हुन्छ त्यो दिन सक्नु पर्यो उनले थपे ।
इटहरी ८ का दिपेन्द्र ठाकुरको समस्या पनि घिमिरे र अधिकारीकै जस्तो छ । विहान देखि लाईनमा कर तिर्नु बसेको उनले भने सार्है दुःख पाईयो । चर्को घाम नभनी लाईनमा बसेको भए पनि लाईन लागेर ढिलासुस्ती भएको गुनासो उनको छ । उपमहानगरपालिकाले जनताको काम छिटो छरितो गरी गर्ने माग गदै उनले भने जनतालार्इ दुःख दिने काम बन्द होस् । उनीहरु जस्तै अधिकांस सेवाग्राहीकाे पनि सानो कामका लागी पनि घण्टौ लाईन बस्नु पर्ने बाध्यता हटाउन माग छ ।
यता इटहरी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबि रिजालले सम्भव भएसँगै कर तिर्ने व्पवस्था इटहरीको २० वटै वडाबाट मिलाईरहेको भन्दै कर्मचारी अभाबको कारणले पनि समस्या भईरहेको जनाए । करदाताहरु छिटो सेवा पाउँन चाहन्छन् हामी आगमी वर्ष देखि यसलाई व्यवस्थीत बनाउँछौ रिजालले भने । अहिले कर शाखामा केहि समस्या आएको स्विकार गदै उनले कार्यलयमा आउने सेवाग्राहीलाई सहज बनाउदै लैजाने उनको प्रतिबद्धता थियो ।