उदयपुर/त्रियुगा नगरपालिका वडा नं १५ रानिवासका स्थानीयहरुलाई सरसफाईको सामाग्री वितरण गरिएका छ ।  “नेपाली जुटौ बालबिबाह रोकौँ” भन्ने नाराका साथ देशैभर बालमैत्रि साशन लागु गर्ने र पूर्ण सरसफाई युक्त घोषणाको कार्यहरु देशको मुख्य एजेण्डा भएकोले पूर्णसरसफाई अभियानमा सो वडा पनि अन्तिम चरणमा आईसकेको त्रियुगा नगरपालिका वडा नं १५ को वडाध्यक्ष निरबहादुर मगरले बताए ।

मातृ तथा बालमैत्री स्वास्थ्य र पोषण परियोजना अन्तर्गत वल्र्ड भिजन ईन्टरनेशनलको सहयोग तथा हुरेण्डेक र वडासँगको सहकार्यमा सामाग्री वितरण गरिएको हो । वडा अध्यक्ष मगरले सरसफाईको सामाग्री सहि उपयोग गर्न वडाबासीहरुलाई आग्रह गरे।  एक थान बाल्टिन, साबुन दानी सहित दुई थान साबुन वितरण गरिएको र वडाको रानिवास पछि खाँवु, डहर र छाम्लिङ गरी ८ सय ३९ घरधुरीलाई हुरेण्डेक र वल्र्ड्भिजनको प्रतिनिधिहरुले स्थलगत रुपमा पुगि सामाग्रीहरु धमाधम वितरण गरिरहेको अनुगमन अधिकृत जितेन राईले बताए । सामग्री पाएकोमा खुसी व्यक्त गर्दै “पहिलेपहिले हामी जंगलमै दिसा गर्थाै । अब समय अनुसार चल्नु पर्छ । चर्पी साबुन पानीको प्रयोग गर्नु पर्छ । यसले मानिसलाई स्वस्थ्य पार्ने रहेछ ।” संस्थाहरुले दिएको तालिम र सचेतनामुलक कार्यक्रमले चर्पी र साबुन पानी प्रयोगको महत्व बुझेको एकबहादुर मगरले बताए । स्वास्थ्य सबै भन्दा महत्वपूर्ण क्षेत्र भएको र बालबालिकाहरु देशको शक्तिशाली खम्बा र देशको रक्षा गर्ने स्रोत भएकोले स्वास्थ्य सुधारको निम्ति मुख्य कदम चाल्नु पर्ने मानव अधिकार तथा वातावरण विकासको कोषाध्यक्ष फुलकुमारी चौधरीले बताए ।