उदयपुर । त्रियुगा नगरपालिका १ मा हत्या गरी गाडिएको अबस्थामा युवाको शव शुक्रबार फेला परेको छ । नगरपालिका १ जोगिदह निवासी अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको शव कङखोलाको बगरमा गाडेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताउनु भयो । २५ गते बेलुकाको खाना खाएर वल्र्डकप हेर्न निस्किएका चौधरी घर नफर्के पछि परिवारले खोजतलास गर्दा फेला परेको थिएन । गाडेको शवलाई जङ्गली जनावरले खोतलेर निकालेपछि दुर्गन्ध फैलिएर गाउँलेहरुले चौधरीको शव पत्ता लगाई प्रहरीलाई खबर गरेका थियो । धारीेलो वस्तुले छातिमा घोपेर चौधरीको हत्यागरी बगरमा गाडेको प्रहरीको भनाई छ । भने गाडेको ठाउबाट शव निकाली पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।