इनरुवा । सुनसरी जिल्ला अदालतले वार्षिक रुपमा गरेका मुद्धा दर्ता र फछ्र्रर्याैटको अनुमानित कार्य योजना सार्वजनिक गरेको छ । शुक्रबार अदालत परिषरमा पत्रकार सम्मेलनगरी वार्षिक प्रगति विवरण सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सुनसरी जिल्ला अदालतले ६० दशमलव ५६ प्रतिशत मुद्धा फर्छयौट भएको जनाएको छ । जिल्ला न्यायाधिश पुरुषोत्तम ढकालका अनुसार सबैभन्दा बढी अंशवण्डा, सम्वन्ध विच्छेद, घरेलु हिंसा र जग्गा किचलो जस्ता प्रकृतिका मुद्धा दर्ता भएका छन् । मुद्धाको प्रकृति हेरी फर्छौट गर्ने गरिएको ढकालले बताउनुभयो । जिल्ला अदालतले अघिल्लो आ.वको जिम्मेबारी सरेको सहित दर्ता भएको ६ हजार २ सय ७३ वटा मुद्धामा हालसम्म ४ हजार ७८ मुद्धा फर्छौट गरेको जनाएको छ । ५ जना न्यायाधिश रहेको सुनसरी जिल्ला अदालतमा सबैभन्दा बढी जिल्ला न्यायाधिश ढकालले एक वर्षे अवधीमा ६ सय १८ वटा मुद्धा फर्छौट गरेका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार ३ हजार ३ सय ७६ कुल मुद्धा फर्छौट हुन बाँकी छन् । जिल्ला अदालत सुनसरीले कुल २४ वटा मुद्धामा बाल इजलास तर्फ १२ वटा मुद्धा फर्छौट गरेको छ भने मेलमिलाप तर्फ ३ सय ४८ मुद्धामध्ये ४६ वटा मुद्धा किनारा लगाएको जनाएको छ ।