धनकुटा । हिलेबाट धरानतर्फ आइरहेको यात्रु वाहक माइक्रो बसको ठक्करले क्षतविक्षत भएको नेपाल टेलिकमको क्याविनेट नबन्दा धनकुटामा ल्याण्डलाईन टेलिफोन सेवा र इन्टरनेट सेवा एक हप्ता देखी अवरुद्ध भएको छ । गएको असार २२ गते धनकुटा हिले सडक खण्डको रमाईलो घुम्तीमा रहेको नेपाल टेलिकमको क्याविनेट वक्सलाई को १ ख २८४७ नम्वरको यात्रु वाहक माईक्रो वसले ठक्कर दिएको थियो । माईक्रोको ठक्करले पुर्ण रुपमा क्याविनेट वक्स ध्वास्त भएपछि धनकुटा नगरपालिकाको वडा नं.७मा पर्ने मुख्यवजार हुलाकटोल, परिचयमोड, सव्जीवजार, वसपार्क, सिरवानी, डाँडागाउँ, मदनचोक लगायतको स्थानमा एक हप्ता देखी इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको कारण व्यावसायमा असर परेको धनकुटा–७ हुलाक टोलका प्रधान डिजिटल फोटो स्टुडियोका प्रोपाईटर प्रकास प्रधान (ख्याम्पा) ले ब्लाष्टलाई वताएका छन् । उनले एक हप्ता देखी इन्टरनेट नहुँदा र लेण्डलाईन फोन नहुँदा कारोवार गर्न पसलमा समस्या भएको वताएका छन् । त्यसो हुलाक टोल मै मेनपावर संचालन गर्दै आएको प्याराडाईज मेनपावरका प्रोपाईटर कमल अधिकारीले टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा सम्पुर्ण काम एक हप्तादेखी ठप्प भएको वताएका छन् । उनले एक हप्ता वित्न लाग्दा पनि टेलिकमले टेलिफोन नबनाउँदा धनकुटा वजारका विशेष गरी वडा नं.७ का व्यावसायी तथा उपभोक्ता मारमा परेको गुनासो गरेका छन् । यता नेपाल टेलिकम धनकुटाका मर्मत शाखा प्रमुख विश्वराज जोशिकाअनुसार विराटनगरबाट क्याविनेटको सामान ल्याउनु पर्ने भएकाले समय लागेको बताएका छन् । उनले सोमबारसम्ममा सम्पुर्ण सामान आइसकेकाले अवरुद्ध टेलिफोन र इन्टरनेट सेवा संचालनमाआउने ब्लाष्टलाई वताएका छन् । जोशिले सवारी दुर्घटनाको कारण टेलिफोनको क्याविनेट विग्रीएकाले आवश्याक समन्वय गर्दा केहीदिन ढिलो भएको औल्याएका छन् । उनले जतिसक्दो चाँडो क्याविनेट मर्मतको काम गरिने पनि जानकारी दिएका छन् । लाखौं पर्ने समानमा क्षतिपुगेको कारण माईक्रोवस धनीसंग क्याविनेट निर्माणको विषयमा कस्ले जिम्मा लिने भन्ने आवश्याक समन्वय हुन समय लाग्दा निर्माण कार्यमा ढिलो भएको वताएका छन् । क्याविनेट वक्स निर्माण कार्य ढिलाई भएको भन्दै नेपाल टेलिकम धनकुटा प्रति स्थानिय उपभोक्ताहरुले गुनासो गरिहेका छन् ।