पथरी/वडा कार्यालयको सुरक्षा र हिसाब चुस्त दुरुस्त राख्न कानेपोखरी गाउँपालिका वडा नम्बर-२ ले सिसिक्यामेरा जडान गरेको छ ।

वडा नम्बर २ वडाकार्यालयले आफ्नो कार्यालयमा ४ वटा सिसिक्यामेरा जडान गरेको हो । सिसिक्यामेरा र हाजिरी मेसिन ७० हजारमा जहान गरेको वडाकार्यालयले जनाएको छ । कर्मचारी लेखा कोठा, वडा सचिवको कोठा,प्यासेज र भवन देखिनेगरी सिसिक्यामेरा जडान गरी सञ्गचालन गरेका छन् । पहिलो कुरा त कार्यालयको सुरक्षा नै हो त्यससँगै कर्मचारीहरुले सेवाग्राही सँग विल नकाटी रकम लिने र विल नदिने सर्तमा बारगेनीङ गरेर रेट भन्दा थोरै रकम लिने गरेको पाइएपछि यसको सामाधानको लागी कार्यालयमा सिसि क्यामेरा जडान गरिएको वडाध्यक्ष सुशिल बुढाथोकीले बताए ।

वडा कार्यालयले थम्पीङ मेसिन(हाजिरी मेसिन) पनि सञ्चालनमा ल्याएको छ । वडाकार्यालयमा कर्मचारीहरु टाइमा आउने र समयमा घर जाने वातावरण बनाउन यस्तो हाजिरी मेसिन राखिएको वडाध्यक्ष बुढाथोकीले बताए । साविक केरौन गाविसको भवनमा वडा नं. २ को कार्यालय स्थापन गरिएको छ ।