मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको आयोजनामा शुक्राबार मिक्लाजुङ–९ मा अवस्थित वृद्धवद्धा क्लबको सभाहलमा जेष्ठ नागरीकहरुका लागि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मिक्लाजुङ स्वास्थ्य युनिट,  गोदावरी हस्पिटल उर्लाबारीका डा. सुर्य नारायण साह र मंगलबारे अस्पतालका डा. प्रविण घिमीरेले मिक्लाजुङ गाउँपालिका क्षेत्रका १०७ जना वृद्ध वृद्धा जेष्ठ नागरीकरुहको स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा बोल्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले सबै जेष्ठ नागरीकहरुले विशेषज्ञ डाक्टरकहाँ गएर आफ्नो समस्या बताउन नसकी रहेका अवस्थामा यस प्रकारको शिबिर उपयोगी हुुने विस्वासका साथ कार्यक्रमको आयोजना गरीएको जानकारी दिए।

भौगोलिक रुपमा मिक्लाजुङ गाउँपालिका केही बिकट भए पनि जेष्ठनागरीकहरु लाई समेटेर गाउँपालिका अगाडी बढ्ने आचार्यले बताए। स्वास्थ्य परिक्षण गरीएका वृद्धवृद्धाहरुलाई निःशुल्क औषधी वितरण गरीएको थियो । कार्यक्रममा नेकपा मिक्लाजुङ संयोजक नरेन्द्र प्रसाद ढुङ्गेल, राप्रपा मिक्लाजुङका सचिब नारायण प्रसाद भण्डारी बृद्ध बृद्धा क्लब मधुमल्लाका अध्यक्ष गोकर्ण प्रसाद मिश्र लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा मिक्लाजुङ स्वास्थ्य युनिट प्रमुख चिन्तामणी पाख्रेलले स्वागत मन्तव्य राखेका थिए भने वडा नं. ९ का वडाध्यक्ष सोमनाथ अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।