रंगेली । विराटनगर १ पोखरीयामा मासिक सय रुपैयामा विद्यार्थी पढाउने गरि खुलेको समता स्कुलका शिक्षकहरुले लामो समय सम्म तलब नपाए पछि सोमबार स्कुलमा तालाबन्दी गरेका छन ।

स्कुलले ८ महिना देखि तलब नदिएको आक्रोसमा त्यँहा पढाउदै आएका २० जना शिक्षकले स्कुलमा तालाबन्दी गर्न बाध्य भएकोे बताए । उनिहरुले सम्पुर्ण शिक्षकहरुको तलब बापतको जम्मा १० लाख भुक्तानी नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

विद्यालय प्रसासनलाई पटक पटक भन्दा पनि हाम्रो सुनुवाइ नभए पछि बाध्य भएर ताला बन्दि गर्नु परेको शिक्षक हरिनारायण सदारले बताए । उनले ८ महिना देखिको तलब स्कुल प्रसासनले नदिए पछि हामी बाध्य भएर ताला लागाउनु परेको बताए ।

हामीलाई यसरी विद्यार्थिको पढाइलाई नै प्रभावित गर्ने गरि स्कुलमा ताला लागाउने रहर नभएको शिक्षक होम दंगालले बताए । तर लामो समय सम्म पनि तलब नपाए पछि ताला लगाउनुको विकल्प नभएको शिक्षक दंगालले बताउ छन् । उनले स्कुल प्रसासनले मागको सम्बोधन नगरे आन्दोलन जारी राख्ने बताएका छन् ।

तलव नपाएका शिक्षकहरुले विद्यार्थीको भविष्य संग मतलबै नगरी ताला लगाउदा विद्यार्थीको पढाई प्रभावीत भएको छ । तर विद्यालयका प्रधानध्यापक बिकास गुरुङले शिक्षकहरुको समस्या चाडो समाधान गर्ने बताएका छन् ।

समता स्कुल २०६० सालबाट विराटनगरका विपन्न समुदायका विद्यार्थीहरुलाई मासिक सय रुपैमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले संचालन भएको थियो । पछिल्लो समयमा स्कुुलको आन्तरीक कारणले पठन पाठन पनि राम्रो हुन छाडेको अविभावकहरुले बताउन थालेका छन् । अहिले धेरै अविभावकहरुले छोराछोरी अन्यत्रै लान थालेका छन् ।