तेह्रथुम । छथर गाउँपालिकाले अनिमितता गरेको भन्दै छथर कांग्रेसद्धारा नारा जुलुस ¥याली सहित ध्यानाकर्षण पत्र गाउँपालिकालाई बुझाएको छ । कांंग्रेसले गाउँपालिकाको केन्द्र सुक्रबारे बजारमा नारा जुलुस सहित निकालेको ¥यार्लीले गाउँपालिकाका प्रमुख सन्तोष तिगेलालाई पत्र बुझाएको हो । पार्टीका महाअधिबेसन प्रतिनिधी रामचन्द्र भट्टराईले प्रमुख तिगेलालाई पत्र बुझाएका थिए । पत्रमा दुई तिहाईको दम्ब देखाई समग्र गाउँपालिकाको बिकास र समृद्धी भन्दा पनि सिमित पार्टीका कार्यकर्ताहरुलाई कमाई गराउने अबिलम्ब गरी कमिसन खाने बाटो रुपमा बनाएको पत्रमा उल्लेख गरिएको छ । त्यस्तै फरक बिचार राख्ने ब्याक्तीलाई डर त्रासमा राख्ने, संबिधानको मर्म बिपरित वडा टोल शैक्षिक संस्थाहरु अधिकार केन्द्रित गरेको जनाएको छ । ऐन कानुन बिपरित स्वेच्छाचारी ढंङगले अनियमितता र भष्टचारको भण्डाफोर गर्दै आफ्ना मागहरु समाबेश गरेको पत्रमा जनाइएको छ । गाउँपालिकाले डिव बोरिङमा लाखै भष्टचार भएको, एसएनआरडिपी उन्नती परियोजनाले काम गरी रहेको ठाउँमा योजना सञ्चालन गरी डुब्लीकेसन गरेको, नितीगत काम गर्नु पर्नेमा निदैशनात्मक काम गरेको पत्रमा समाबेश गरिएको छ । त्यस्तै शिक्षक कर्मचारी नियुक्तीमा राम्रालाई भन्दा हाम्रालाई गरेको, ग्रामिण क्षेत्रलाई भन्दा शहर केन्द्रीत बिकास गरेको, प्राबिधीकलाई निर्देशनात्मक मुल्याङकन गर्न लगाउँदा नमानेको कारण बरखास्त गरेको उपभोक्ताहरुलाई थाहा नदिई समिति निमार्ण भएको र गाउँपालिकाले सरोकार वाला बर्गहरुलाई थाहा नै नदिई रकम खर्च गरेको पत्रमा उल्लेख गरेको छ । ¥यालीलाई सम्बोधन गर्दै आफ्नो मागलाई बेवास्त गरे अगामी दिनमा कांग्रेसले जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको प्रतिनिधि भट्टराईले बताए । गाउँपालिका आफै सुशासनको पक्षमा रहेकोले आरोप लगाउनु भन्दा समृद्ध छथर निमार्णमा जुट्न आबश्यक रहेको गाउँपालिका प्रमुख तिगेलाले बताए । जनतालाई साँची राखेर जनताको सहभागीतामा कामहरु भई रहेकोले अनाबश्यक शंंका नगर्न सम्पुर्ण महानुभावलाई उनले अनुरोध गरेका छन् ।