जिरोपोइन्ट । पिण्डेश्वर बाबा धाममा सोमबारबाट बोलबम शुरु भएको छ । साढे तीन दशकदेखि पिण्डेश्वरमा बोलबम लाग्दै आएको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको उपस्थितिमा विशेष रूद्र अभिषेक पुजा, १ सय ८ कलश संकल्प र जल अर्पण गरी बोलबम सुरु गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार वनेपालीले जानकारी दिए । यो वर्ष साउनमा ४ वटा सोमबार परेकोले करिव पाँच लाख धार्मिक पर्यटक आउने अनुमान गरिएको अध्यक्ष वनेपालीले बताए । यसवर्ष पनि महाआरतीलाई निरन्तर्ता दिने भएको छ । यस वर्ष स्थानिय युवा पंण्डितहरूबाट साउनको २५ गतेदेखि ३१ गतेसम्म दिनहु आरति हुनेछ । सामुहिक आरतिमा सहभागि हुनका लागि १५ सय शुल्क तोकिएको छ । व्यक्तिगत गर्न इच्छुक भएमा ११ हजार लाग्ने र संस्थागत भएमा ५१ सय शुल्क तय गरीएको छ । बोलबम मेलामा धरान आसपासका क्षेत्रमा रहेका धार्मिक स्थलहरूको जानकारी दिने बोर्ड समेत राखिने बताइएको छ । जल अर्पन गर्नका लागी जेष्ठ नागरीकहरूलाई विशेष सुविधाको व्यावस्था गरीने भएको छ ।