तेह्रथुम । छथर गाउँपालिका ओख्रेमा रहेको स्वास्थ्य चौकी भवन निर्माणको लागि एक व्यक्तिले निशुल्क जग्गा प्रदान गरेका छन् । स्वास्थ्य चौकी ओख्रेको भवन निर्माणका लागि ओख्रे–७ निवासी खगेन्द्रहाङ्ग तिगेलाले ८ लाख मूल्य पर्ने ५ रोपनी जग्गा निशुल्क प्रदान गरेका हुन् । यस अघि जग्गाको अभावमा स्वास्थ्य चौकीको भवन बन्न सकेको थिएन । जग्गा प्राप्त भएपछि नयाँ भवन निर्माण गर्नका लागि सहज भएको छ ।
स्वास्थ्य चौकीलाई निशुल्क जग्गा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































