रंगेली/अन्तराष्ट्रिय न्यय दिवसको अवसर पारेरर मोरङका विभिन्न संघसंस्थाले रोम विधान अनुमोदन गर्न आग्रह गरेका छन् । उनिहरुले यहाँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै विद्यानको अनुमोदन गर्न माग गरेका हुन । रोम विधान अन्र्तगत गठन भएको अन्तराष्ट्रिय फौजदारी अदालतले खन्तराष्ट्रिय कानुनद्वारा परिभाषित युद्धअपराध,आमनरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्नहुने व्यक्तिहरुलाई जवाफदेही बनाउनुका सथै पीडीतको न्यय सुनिश्चित गर्ने ज्ञापन पत्रमा उललेख छ । एसियाका १९ राष्ट्र रोम विधानका पक्ष राष्ट्र भए पनि नेपाल भने भएको छैन । उनीहरुले नेपाल पनि पक्ष राष्ट्र बन्नु पर्ने भन्दै लामो समय देखि दवव दिदै आएका छन् ।

पूर्वाञ्चल मानवखधिकार संजाल विराटनगरका सोमराज थापाको नेतृत्वमा गएको टोलीले प्रमुख जिलला अधिकारी रामप्रसाद अचार्यलाई ज्ञापन पत्र बुझाएको थिए ।