पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे १० को डाँस खोला उत्तरको जंगलबाट सोमबार राती १० बजे काठ सहित एक ट्याक्टर स्थानीयले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।
ज. १ त ७१५७ नम्बरको ट्याक्टरमा लोड गरिएको काठ डांस पुलबाट करिब १ किलो मिटर उत्तरबाट स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईंले जनाए ।
बजगाइले काठ पक्राउ परेको र कुनै कागजपत्र नरहेको जनाएका छन् । हाल काठ लोड गरिएको ट्याक्टर इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ ।
पथरी साझेदारी बनबाट दाउरा प्रयोजनका लागि सो काठ इलाका वन पथरीको घाटगद्धीमा लगेर राख्न ल्याइएको इलाका बन कार्यलय का अधिकृत महोमद्ध अलाउद्धिनले जवाफ दिएका छन् । उनले त्यसबेला पत्रकारहरुसंग समेत कागजात नभएको स्वीकार गरेका थिए । रातीको समयमा शंकास्पद रुपमा काठ ल्याइएको र काठको पूर्जी तथा कटान आदेश माग्दा कागजात नभएको बताएपछि स्थानीयले ट्याक्टर नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए । वन रक्षक सहितको टोलीले काठ ल्याएको थियो ।