इटहरी/ रोजगारीको लागि युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम बढीरहेको बेला इटहरीका तीन युवा भने इटहरी मै स्थापित व्यवसायी बन्ने प्रयासमा छन् । सरदर एकै उमेरका बम लिम्बु, बद्री धिताल र रविन बस्नेत एक दशक भन्दा अघिदेखि एक भएर व्यवसाय गर्दै आएका थिए । मोबाइल पसल र मर्मतबाट व्यवसाय शुरु गरेका तीन युवाले त्रिवेणी गहना भण्डार सञ्चालन गर्दै आएका थिए । अहिले सोही समुहले त्रिवेणी इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका छन् । सामुहिक व्यवसायमा टिक्ने तीन युवा उदाहरणका रुपमा पनि चिनिन्छन् । तीनै जनाले इटहरीको होटलमा समेत लगानी गरेका छन् । अहिले धरान रोड स्थित इटहरीमा उनीहरुले एलजी ब्राण्डका इलेक्ट्रोनिक्स आइटमको विक्री शुरु गरेका हुन् । सञ्चालक मध्येका बम लिम्बूका अनुसार एलजी ब्राण्डका मोवाईल बाहेका अन्य सामाग्रीका आफूहरुले बिक्री गर्ने बताए । गत असार २७ गत त्रिवेणी इलेक्ट्रोनिक्सको उनीहरुले शरु गरेका हुन् ।