इलाम । श्रावण महिना सुरु भएसगैँ हरियो चुरा मेहेन्दी लगाउने क्रम बढेको छ । बच्चादेखि वृद्धसम्म हरियो,पहेँलो लुगा र मेहेन्दीमा सजिएर हिड्ने गरेका छन् । यस सगैँ सनराइज बैंकले ग्राहक महिला तथा बैंकप्रतिको आकर्षणलाई सबै महिलाहरुका निमित्त एक दिने निशुल्क मेहेन्दी लगाउन मेहेन्दी उत्सव कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

नेपालभर ९२ वटा सनराइज बैंकको शाखाहरु रहेकोमा सबै शाखाहरुले मेहेन्दी उत्सब कार्यक्रम फरकफरक दिनमा आयोजना गर्ने गरेको छ । जसमध्ये इलाममा श्रावण महिनाको सुरुवातको दिनमा आकर्षण मेहन्दी महोत्सब कार्यक्रम श्रावण एक गते उचित समय भएकाले सोही दिन आयोजना गरेको हो ।

सनराइज बैंककी ग्राहक महिला ज्योति शर्मा भन्छिन् “इलाममा गत तीन वर्ष देखि सनराइज बैंकले मेहेन्दी उत्सव सञ्चालन गरेकोमा खुशी भएको र सधैँ यस महोत्सबमा मेहेन्दी लाउने गरेकी छु,श्रावण महिना मेहेन्दि लगाउने महिना भएकाले हामी महिला ग्राहक उत्साहित मात्र हैन महिलाहरुले ब्युटी पार्लरमा तिर्नुपर्ने रकम समेत बच्ने गरेको छ ।”

बैंकमा ग्राहक महिलाहरुलाई मात्र नभई इच्छुक सबै महिलाहरुले मेहेन्दी लगाउन पाउने भएकाले सबै उत्साहित भएका थिए । ग्राहक महिलाहरुलाई प्रोत्साहन गर्नका निमित्त वर्षेनी मेहेन्दि महोत्सबमा धेरै भन्दा धेरै महिलाहरु समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गर्ने गरेको सनराइज बैंक लिमिटेड इलाम शाखाका संचालन अधिकृत अजित वान्तवाले बताए ।