उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. ३ का वडा सदस्य रामबहादुर लामिछाने मगर सोमबार मृत फेला परेका छन् । दुई दिन अघिदेखि हराएका मगर थिए उनी खोजतलासको क्रममा स्थानीय साईपा खोलामा मृत अवस्थामा भेटिएको हो । खोलामा मृत भेटिएको खबर लगत्तै प्रहरी चौकी उदयपुरगढीको प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । मगर गत स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
मृत भेटिए वडा सदस्य
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































