विराटनगर । कडा रुपमा अहिलेको ऐन तथा कानुनहरु प्रभावकारी रुपमा कार्यन्वयन गर्न सके बालविवाह अन्त्य हुने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । विराटनगरमा मंगलबार आयोजित बाल विवाह अन्त्यको लागि प्रदेश स्तरीय नितीगत संवाद कार्यक्रममा बोल्ने सरोकारवालहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रभावकारी रुपमा अहिलेको ऐन कानुनहरु पूर्ण रुपमा कार्यन्वयन हुन सके बालविवाह अन्त्य हुने बताए । ‘बालविवाहको दिर्घकालिन असरबारे जानकारी गराउन सकेको छैन,’ बालविवाहको दिर्घकालिन असर जनस्तरमा पु¥याउन सके केहीहदसम्म बालविवाह न्युनिकरण हुनेछ ।’ त्यस्तै प्रदेश १ को उपसभामुख सरस्वती पोखरेलले बालविवाह अन्त्य गर्न सबै लागि मात्र अन्त्य हुने बताइन् । नितीगत कानुनहरु पूर्ण रुपमा कार्यन्वयनमा ल्याएर बालविवाह अन्त्य गर्नुपर्ने जोड दिइन् । कार्यक्रममा प्रदेश सांसद जयराम यादव, नेपाल पत्रकार महासंघ प्रदेश १ को अध्यक्ष विक्रम लुईटेलललगयाले बालविवाह गर्दाको दिर्घकालिन असरबारे सचेतना फैलाउन सके बालविवाहमा न्यूनिकरण हुने बताए ।