पथरी(ब्लाष्ट) मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर(५ स्थीत केरौनबाट इलाका प्रहरी कार्यालय पथरीले भरुवा बन्दुक बरामद गरेको छ । मंगलबार जनजागृती सामुदायीक वनको क्षेत्र भित्रबाट लुकाएर राखिएको अवस्थामा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको हो । वन क्षेत्र भित्र उपभोक्ताहरुले झाडी सफा गर्ने क्रममा भरुवा बन्दुक फेला पारे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए पछि इलाका प्रहरी कार्यालय पथरीको टोलीले सो जंगलबाट बन्दुक बरामद गरेको र बन्दुक खिया लागेकोले कुनै सिकारीले लुकाएर राखेको हुन सक्ने इस्पेक्टर कमल बंजगाईले बताए ।