उदयपुर । जिल्ला अदालत उदयपुरले न्याय सम्पादनमा नयाँ इतिहास रचेको छ । ५४ वर्ष देखि न्याय प्रदन गर्दै आएको अदालतले आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी मुद्दा दर्ता र फछ्र्यौटको गरेको हो । २०२१ सालमा उदयपुरगडीमा स्थापना भएको जिल्ला अदालत २०२८ सालमा सदरमुकाम गाईघाटमा सरेको थियो । अदालत प्रति हेरिने जनाताको दृष्टिकोणमा परिवर्तन भई विश्वास बढेकोले आर्थिक वर्ष कुल मुद्दा संख्या एक हजार चार सय १५ वटा रहेकामा एक हजार ६४ वटाको फछ्र्यौट गरि सकिएको छ । भने ३ सय ५१ मात्र बाँकि रहेका र पाँच सय ८५ वटा मुद्दा अघिल्लो वर्षबाट सरि आएकोमा ८ सय ३० वटा नयाँ मुद्दा दर्ता भएको जिल्ला अदालत न्यायधिश तेजप्रसाद शर्मा सापकोटाले बताए । गत आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फछ्र्यौटको लक्षसमेत पुरा गर्न नसकेको ग वर्गको सो अदालतले ७५ दशमलब १९ प्रतिशत फस्र्यौट गरेको छ । भने विगतको ढिला न्याय सम्पादनलाई ध्यानमा राख्दै न्यायाधीस, कर्मचारीहरु लागि परेको उपलब्धी हासिल गरेको र छिटो छिरितो न्याय सम्पादन हुदा बादी प्रतिबादी दुवैलाई फाईदा पनि हुने जिल्ला अदालत न्यायधिश शर्मा सापकोटाले बताए । अघिको आर्थिक वर्षहरु हेर्दा २०७०÷०७१ मा लगत मुद्दा एक हजार २ सय ८७ मा नौ सय १३ , ०७१÷७२ मा एक हजार ८४ मा आठसय दुई, ०७२÷७३ मा एक हजार ९७ मा छ सय ४२ र ०७३÷७४ मा एक हजार एक सय ७६ मा पाँच सय ९१ मात्र फछ्र्यौट गरेको अभिलेख छ । प्राथमिकतामा पुरानो मुद्दाहरु राखि २ वर्ष नाघेको मुद्दा शुन्यमा झारेको र १८ महिना देखि २ वर्ष भित्रको मुद्दा २ वटा मात्रै रहेको छ । भने १ वर्ष देखि १८ महिना भित्रको ५० र नौ महिना देखि एक वर्ष भित्रका ८८ वटा मुद्दा छन् । अवको चालु आर्थिक वर्ष देखि एक वर्ष नाघेको मुद्दा शुन्यमा झार्ने लक्ष्य लिएको अदालतमा नौ महिना भित्रको २ सय ११ मुद्दा रहेको जिल्ला अदालत न्यायधिश शर्मा सापकोटाले बताए । अदालतले लक्ष्य भन्दा बढि उपलब्धि गर्नुमा न्याय सम्पादन अलावा अन्य व्यवस्थापकीय पक्ष प्रभावकारी र सिर्जनशिल नेतृत्व सँगै कर्मचारीको सक्रियता, सेवा प्रवाह र प्रक्रियामा पारदर्शीता भएकोले उदहरणीय उपलब्धि हासिल गरेको। जिल्ला अदालत स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले बताए । मुद्दा फछ्र्यौटमा बढि विगो भराउने र वण्डा छुट्याने रहको छ । भने विगो भर्याउने ७३ र बण्डा छुट्याउने ४९ रहेका छन् । मेलमिलापलाई पनि महत्व दिदै आएको अदालतले यस आर्थिक वर्षमा एक सय दुई वटा मेलमिलापमा पठाएको तअसिलदार कुलबहादुर खत्रिले बताए ।