विराटनगर । माथिका प्रतिनिधीमूलक घटनाले चाँदीको गहनामा बढेको तस्करीको खुलासा गर्छ । खुल्ला सिमाको फाइदा उठाउँदै चाँदीको गहना नेपालमा तस्करी हुने गरेको छ । तयारी चाँदीका गहना नेपालमा भन्दा भारतमा सस्तो पर्ने भएकाले भारतीय व्यापारीले नेपालमा तस्करी गर्ने गरेका छन् । तयारी चाँदीका गहनामा ज्याला कम पर्ने र भनेको बेलामा चाँडो तयारी हुने भएकाले नेपालमा तस्करी हुने गरेको प्रहरी बताउँछ । भारतमा चाँदीको गरगहना बनाउँदाको ज्याला नेपालमाभन्दा ३ देखी ४ चार सय रुपैयासम्म सस्तो हुने र डिजाइनसमेत राम्रो हुने भएकाले तयारी चाँदीको तस्करी नेपालतर्फ मौलाएको प्रहरी बताउँछ । यसरी नै अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० तोला चाँदी सहित एक जना भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय रानी विराटनगरले मंगलबार पक्राउ गरेको छ । प्रहरीले विराटनगर भन्सार कार्यालय १ नम्बर ढाटबाट भारतको हाउडा बानीपुर पंचायतका २५ वर्षिय मृत्युजन्य पाठकलाई तयारी चाँदी सहित पक्राउ गरेको इप्रका रानी विराटनगरका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए । ‘संङ्का लागेर चेकजाच गर्ने क्रममा पाठकले बोकेको कालो प्लाष्टिकको झोला भित्र चाँदीको तयारी गहना फेला प¥यो,’ इप्रका रानीका प्रमुख निरौलाले भने, ‘उनले बोकेको झोलाभित्र अवैध ४० तोला चाँहीको गहना रहेछ ।’ उनको साथबाट प्रहरीले चाँदीको हातमा बाध्ने राखी २८ थान, कम्मरमा बाध्ने पेटी १ थानलगायतको विभिन्न चाँदीको गरगहनाहरु बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाठकलाई आबश्यक कार्वाहीको लागी सोही दिन साझ बिराटनगर भन्सार कार्यालयमा बुझाएको बताइएको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले चार पटकमा ३ केजी ३९ तोला अवैध चाँदी भारतबाट नेपाल ल्याउँदै गर्दा बरामद गरेको प्रहरीको अभिलेखले देखिाएको छ । विराटनगरका सुन चाँदी व्यापारीहरुले काचो चाँदी लुकाई छिपाई गरेर भारत पु¥याउने र आर्षणक गरगहना बनाएर अवैध रुपमा नेपाल भित्राउने गरेको जानकारहरु बताउछन् । बरामद गरेको अवैध चाँदीको सामाग्रीहरु विराटनगरमा सुनचाँदी पसलका व्यवसायीहरुले भरिया प्रयोग गरेर अर्डन अनुसार ल्याउने गरेको स्रोतको दाबी छ ।
चार पटकमा ३ केजी ३९ तोला चाँदी बरामद इलका प्रहरी कार्यालय रानी विराटनगरले चार पटकमा भारतबाट नेपाल ल्याउँदै गरेको अवैध चाँदीको तयारी सामाग्री ३ केजी ३९ तोला चाँदी बरामद गरेको छ । व्यापारीले अर्डन अनुसार चाँदीको विभिन्न समाग्री भारतमा बनाउन लगाउने र भारतीकै भरियाहरु प्रयोग गरेर नेपाल ल्याउने क्रमम इप्रका रानी विराटनगरले चाँदी बरामद गर्ने गरेको हो ।