यासोक । पाँचथरमा एक नगरपालिका सहित ७ स्थानीय तह छन । ति मध्ये कतिपय स्थानीय तहमा भवन अभावका कारण भाडामा सञ्चालन हुदै आएका छन । तर जिल्लाको तुम्बेवा गाउँपालिका कार्यालय ब्याबस्थापनको लागि भन्दै स्थानीयले १५ लाख बरावरको १ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन । स्थानीय समाजसेवी नरमान थापा, खेमबहादुर थापा, उसादेवि थापा, भुवनसिंह थापा सहितको परिवारले सो रकम बरावरको जग्गा प्रदान गरेका हुन । गाउँपालिकाले वडा कार्यालयको भवनबाट कार्यालय सञ्चालन गर्दै अएको छ । सामान्य भवन भए पनि कम्पाउन्ड अभावका कारण काम गर्न समस्या भएपछि स्थानीयले जग्गा दान गरेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । गाउँपालिकालाई निशुल्क जग्गा दान गर्ने जग्गा दाताहरुलाई कार्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको छ । उनिहरुलाई उच्च सम्मान गर्दै सादा ओडाएर प्रशंसा पत्र प्रदान गरेको छ ।