इटहरी । छोरी जन्माएको भन्दै सुनसरी दुहबीकी एक महिला घर निकाला भएकी छन् । दुहबी नगरपालिका–६ कि राधा साह श्रीमान् र घरपरिवारबाट निकालिएकी हुन् । उनी दुई वर्षदेखि घर निकालामा परेकी हुन् । उनी अहिले माइतीमा साहारा लिइरहेकी छन् । उनका अनुसार श्रीमान, सासु, ससुराबाट उनी प्रताडीत हुँदै आइरहेकी छन् । पिडित महिलाले रिपोर्टस क्लब इटहरीमा पत्रकारसँग कुराकानी गर्दै आफु अन्यायमा परेको बताइन । उनले न्यायका लागि पहल गरिदिन आग्रह गदै विवाहपछि पहिलो बच्चा छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साह बताउँछिन् । २० वर्षको उमेरमा पिडित साहको २०७२ सालमा रामधुनी नगरपालिका ३ प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी थिइन । विवाहमा दाईजो दिएको भएपनि फेरी १० लाख दाईजो ल्याउन दवाव दिँदै आएका थिए पिडित शाहले भनिन् । घरबाट निकालिदिएपछि माईतीको सरणमा बस्दै आएकी साहले दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपनि सुनुवाई नभएको गुनासो समेत गरिन । छोरी जन्माएकै कारण श्रीमान र घरपरिवारबाट अलग गरिएको उहाँको भनाई थियो । श्रीमान गोपाालसहित ससुरा ललित साह, सासु छिनादेवी साहले घरबाट निकालेको उनको आरोप थियो । १० लाख ल्याए घर फिर्ता बोलाउने भन्दै धम्की दिने गरेको उनले सुनाईन । श्रीमान् गोपाल साहले भने उर्लाबारीकी अर्को महिलासँग भागी विवाह गरिसकेका छन् । यसविरुद्ध उनले केही बोल्न सकिरहेकी छैनन् ।