विराटनगर/ पछिल्लो समय चोरीको घटनमा बढन थालेपछि इलका प्रहरी कार्यालय रानी विराटनगरले घरदैलो सचेतना अभियान सुरु गरेको छ ।
चोरी हुन नदिन इप्रका रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौला आफै गाउँदेखी सहरी क्षेत्रको बस्तीहरुमा पुगेर सचेतना अभियान सुरु गरेका हुन् । आफनो घरको सुरक्षा दरिलो गर्नुपर्ने भन्दै सचेतना फैलाउदै अहिले आफनो युनिट अन्तर्गत पर्ने घरहरुमा निरौला पुग्ने गरेका छन् । विराटनगरको १६, १७ र १८ वडा तथा जहदा गाउँपालिकाको घरहरुमा पुगेर चोरी हुन नदिन सचेतना अभियान सुरु गरिसकेको इप्रका रानीका प्रमुख निरौलाले जानकारी दिए । ‘पछिल्लो समय चोरी घटना लिएर प्रहरीमा उजुरी दिनेको संख्या बढन थालो,’ प्रहरी निरीक्षक निरौलाले भने, ‘चोरी हुन नदिन पहिले आफनो घरको सुरक्षा गर्नुपर्दछ । त्यसको लागि मानिसलाई सचेतना आवश्यक पर्ने भएको यो अभियान सुरु गरेको हौं ।’
पहिलो चरणमा बस्ती र गाउँहरुमा यो अभियान सुरु भएको छ । इप्रका रानी विराटनगरले २ सय ५० घरमा पुगेर चोरी नियन्त्रण गर्न सचेतना गरिएको निरौलाले बताए । सचेता अयिभानको क्रममा स्थानियबासीलाई चोरी हुन नदिन सुरक्षा व्यवस्था अपनाउनुपर्ने पुस्तिका समेत वितरण गर्ने गरेको बताइएको छ ।