पथरी । पथरीशनिश्चरे (१, मा रहेको शान्ति सामुदायीक वन समितिले ‘भुल्के सिमसार’ क्षेत्र भित्र पर्यटक लोभ्याउने सम्बन्धि निमार्ण काम सम्पन्न गरेर अहिले आन्तरीक तथा वाहिय पर्यटकको पखाईमा रहेको छ । निमार्ण समितिले पोखरीमा बोटिङ, वरीपरी घुम्नेबाटो, वनभोज खाने टहरा,आधुनिक शौचालय लगाएतको काम सकेर वनभोज खान आउने र घुम्न आउने पर्यटकको पखाईमा रहेको हो । वनभोज खान र घुमेर मनोरञ्जन लिनको लागी मोरङ पूर्वीको नमुना गन्तव्य बनाउने शान्ति सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष केवी गुरुङ बताउँछन् । पर्यटकीय स्थल ‘भुल्के सिमसार’ पूर्वपश्चिम राजमार्ग पथरीबजार देखि दुईसय मिटर उत्तरमा रहेको छ । शान्ति सामुदायीक वनको १७८.९२ हेक्टर मध्ये ३ हेक्टरमा पर्यटकीय स्थलको विकास गरेका छन् । समितिले पर्यटक भित्राउन अहिले ७० लाख खर्च गरिसकेको छ । दुईवटा वनभोज खाने ठुला कटेरो, मुख्य आर्कषकको रुपमा पोखरीको विचमा ५० मिटरको गोलाई भएको टापु,टिकट घर,गेट पालेघर,सानो गेट,बोटिङ स्टेन,तिनकोठे शौचालय, ओभरहेड डयाम लगाएतका पूर्वाधारहरु निमार्ण भइसकेका छन् । २०७२ सालदेखि सुरु गरेको ठुलो पोखरीको पूर्वपटि आधा हेक्टरको सानो पोखरी निर्माण गरिएको छ । त्यस पोखरी वरिपरी कटेज बनाउने योजना रहेको वनको उपाध्यक्ष हेमभक्त तमुले बताए । पर्यटक क्षेत्र वरिपरी घेराबारा, पाहुना घर, सभाहल, र पोखरी वरीपरि तार जाली लगाउने योजना रहेको छ । त्यसैगरी पोखरीमा विचमा रहेको टापुमा रेस्टुरेण्ट निर्माण गरी बोटिङ्बाट रेस्टुरेण्ट जाने योजना रहेको बताए । जरुवा पानी नियमित उम्रने पोखरीमा ७ फुट गहिरो बनाएर पानी जमाएर विभिन्न जातका माछाहरु लगाएको छ । पर्यछक स्थलमा चिल्डेन पार्क बनाउने र बालबालिकाहरुलाई छुट्टै मनोरञ्जन दिने योजना रहेको अध्यक्ष गुरुङ बताउँछन् । नगरपालिकालाई सहयोग माग्ने र नगरको सबैभन्दा ठुलो आयश्रोत बनाउने योजना रहेको निमार्ण समितिले बताएका छन् ।