पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे ८ स्थित ऐतिहासिक सोमबारे बजारलाई पुर्नजागृत गराउने योजना बनाइएको छ ।
नविनजंग कार्कीको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिले स्थानीयहरुसँग अन्तरक्रिया गरी बजारको आधुनिक व्यवस्थापन गर्ने योजना बनाएको हो । बजारका पुराना टहरा भत्काएर ट्रसवाला बनाउने, कृषि बजारमा दर्ता गराउने, पार्किङलाई व्यवस्थित गर्ने, बजारलाई पूर्ण सरसफाइयुक्त बनाउने सरोकारवालाको सुझाव सहितको योजना बनेको अध्यक्ष कार्कीले जनाए ।
हप्तामा दुई घन्टा भन्ने नाराका साथ समिति सहितका स्थानीयले प्रत्येक सोमबार बिहान २ घण्टा आफैं बजार सरसफाई गर्ने अभियान सुरु भएको छ । समितिले ल्याएको योजनालाई साकार पार्न वडाकातर्फबाट गर्न सक्ने सहयोग गर्न तयार रहेको ८ नम्बर वडाध्यक्ष बाबुराम दाहालले बताए ।