पथरीशनिश्चरे । ६ महिनादेखि मलेशियाको जेलमा परेका मोरङको पथरीशनिश्चरे ७ का लोकबहादुर खड्का पथरीशनिश्चरे नगरपालिकाको पहलमा स्वदेश फिर्ता भएका छन् ।
मलेशियामा रहेको नेपाली दुतावासमार्फत प्रक्रिया मिलाएर नगरपालिका कार्यालयले घर फर्किने हवाई टिकटको खर्च दिएपछि खड्का स्वदेश फर्किन पाएका हुन् । विदेशमा समस्यामा परेको जानकारी आएपछि कार्यालयले स्वदेश आउने हवाई टिकटको खर्च पठाएर घर ल्याउन पहल गरेको नगर प्रमुख दिलीकुमार राईले जनाए । खड्का यसबेला काठमाडौं हुँदै घर आइपुगेका छन् ।
विगत ८ वर्षदेखि मलेशिया जाँदै आउँदै गर्नुभएका ३२ वर्षीय खड्का पछिल्लो समय तोकिएको कम्पनीले राम्रो काम र राम्रो ज्याला नदिएपछि सो कम्पनी छोडेर अन्यत्र काम गर्न वाध्य वनेका थिए । सो अवस्थामा अवैधानिक रुपमा अर्काे कम्पनीमा काम गरेको अभियोगमा प्रहरीले पक्राउ गरी जेलमा थुनेको थियो । उनी घर फर्किने खर्च समेत नभएर विचल्ली परेका थिए ।