इटहरी/ लामो समय देखि अबैध कारोबारको आरोप लाग्दै आएका झापाका व्यापारी संजीव घोष पक्राउ परेका छन । भ्याट छलि गरेको आरोपमा आन्तरीक राजश्व अनुसन्धान पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरी र जिल्ला प्रहरी कार्यलय सुनसरीले घोषका दुई सहयोगीलाई पक्राउ गरेको हो । लामो समय देखि भन्सार छलि ल्याएको सामान बिक्रि गर्ने गरेको उनीमाथी आरोप लाग्दै आएको छ । गत आईतबार व्पापारी घोषको मार्केटिङ गर्ने महोमद युवराम र डाईभर विकास विश्वकर्मालाई प्रहरीले पक्राउ गरी आन्तरीक राजश्व अनुसन्धानमा बुझाएको थियो । उनीहरु दुबैलाई मुद्धा दायर भएको आन्तरीक राजश्व अनुसन्धान पूर्वाअञ्चल कार्यलय इटहरीले जनाएको छ । नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा व्यापारी संजिब घोषलाई पक्राउ गरेको राजश्व अनुसन्धान पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीका प्रमुख जयबहादुर भण्डारीले बताए ।
लामो समय राजश्व छलि तथा भ्याट छलि गदै आएको अभियोगमा व्यापारी घोषलाई पक्राउ गरीएको कार्यालयका प्रमुख भण्डारीले बताए । कुर्था सुरुवाल बोकेको मारुती भेन सहित उनीहरुलाई पक्राउ गरिएको छ । कार्यलय प्रमुख भण्डारीले भने घोषले एउँटै नम्बरका भ्याट बिल ५ वटा सम्म बनाएको पाईयो । पछिल्लो समयमा कर भ्याट छल्ने व्यापारीलाई निगरानी बढाईएको उनको भनाई थियो । राजश्व छल्नेलाई कार्वाही गछौ उनले भने । लामो समय देखि कपडाको कारोबार गर्दै आएका घोषले भन्सार छलि गरि ल्याएको अबैध कपडा पक्राउ परेको थियो । बारम्बार अबैध लत्ताकपडा भित्राउँने घोषले अबैध रुपमा भ्याट समेत छलि समेत गरेको कारण उनलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको आन्तरीक राजश्व अनुसन्धान कार्यलय पूर्वाअञ्चल क्षेत्रीय कार्यलय इटहरीको भनाई छ ।
भद्रपुर छोटी भन्सार तथा सुनसरीको सिमा क्षेत्रबाट उनले अबैध सामाग्री भित्राउँने गरेको भन्दै प्रहरीले उनी बिरुद्ध निगरानी बढाउँन थालेको छ । केहि दिन अगाडी मात्र घोषको घरको गेटबाट सामान बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट दुई राँगागाडा सामान ल्याएर भन्सार गोदाममा राखी भन्सार कर्मचारीसँग मिलाएर ठेला भेनबाट तीन पोका सामान प्रहरीको अगाडिबाट घोषको घरभित्र छिराउँदै गरेको अवस्थामा गस्ती प्रहरीले नियन्त्रणमा लिएका थियो । गत आईतबार जिल्ला प्रहरी कार्यलय सुनसरीले मे.१.च.३०४९ नम्बरको सेतो रङको मारुती भ्यानमा भन्सार तथा राजश्च छलीका कपडाहरु झापा लादै गरेको अवस्थामा इटहरी बसपार्कमा पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । सुर्या ईन्टरप्राईजेज नरदेवी काठमाण्डौको नामको बिलबिजकको ठेली सहित ८ लाख ६५ हजार ७ सय ८० रुपैया मुल्य बराबरको अबैध कपडा राजश्व अनुसन्धान पूर्वाञ्ञल क्षेत्रिय कार्यालय इटहरीमा बुझाईएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।