इटहरी । एक नम्बरप्रदेश प्रहरी कार्यलय विराटनगरले आफ्नै संगठन विपरीत काम गर्ने दुई एसपी सहित ३ सय ५५ जना प्रहरीलाई कारवाही गरेको छ । गत आर्थिक बर्षमा आर्थिक प्रलोभनमा परेको ,आर्थिक अनुशान भगं गरेको,आन्तरिक अनुशासन भगं गदै संगठनको बदनाम गर्ने प्रहरीहरुलाई कारवाही गरेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

दुई असई सहित ४३ जना प्रहरीलाई जागिरबाट ब्रखास्त समेत गरेको छ ।

धनकुटाका एसपी रहदा सुदिपराज भण्डारीलाई नसिहद र जिल्ला प्रहरी कार्यलय सुनसरीमा एसपी हुदा विद्यानन्द माझीले बालिका बलत्कारीहरुबाट रकम असुलेको भन्दै निलम्बन परेका थिए ।

उनीहरु सहित दुई डिएसपी, दुई इन्स्पेक्टर सहित ३ सय ५५ लाई कारवाही भएको प्रदेश प्रहरी कार्यलय विराटनगरका प्रहरी प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले बताए ।

उनका अनुसार २९ जना सई,३६ जना असई ,७३ जना हल्दार र २ सय ११ जना हल्दारलाई कारवाही गरीएको डिएसपी तिम्सिनाले भने । राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई कारवाही गदै आएको उनी बताउँछन ।

तिन जना सई, ८ जना असई १० जना हल्दार र २२ जना सिपाही गरी ४३ जनाको ग्रेड रोक्का गरिएको छ । त्यस्तै एक असई ७ हल्दार र ३ जना सिपाही गरी ११ जनालाई पदोन्नती रोक्का गरिएको छ । २ जना असई, ३ जना हल्दार , ३५ जना सिपाही र ३ जना कार्यलय सहयोगीलाई जागिरबाट निश्काषन गरीएको प्रहरी प्रवत्ता डिएसपी तिम्सिनाले जानकारी दिए । एक हल्दारलाई घटुवा गरी सिपाही बनाईएको कार्यलयले जनाएको छ । संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कारवाही गदै आएको प्रदेश प्रहरी कार्यलयका डिआईजी केदार रिजालले बताए । प्रहरी आफै सुध्रन जरुरी रहेको भन्दै यो अभियान थालेको डिआईजी रिजालले भने । संगठन विपरीत काम गर्नेले सजाय पाउँछ हामीले जनतालाई विश्वास दिलाउँन नियम बिपरीत काम गर्नेलाई कारवाही गरेका हौं उनी भन्छन् । गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान हाम्रो छ डिआईजी रिजालले थपे । जनता सँग सहकार्य गरेर काम गरिरहे पनि अहिले पनि प्रहरीलाई विश्वास गरेका छैनन् । त्यो दुरी नजिक बनाउँन लागेको उनको दाबी छ ।

घुमुवा प्रहरी हटाउँदै लामो समय देखि एकै ठाउँ बस्दै आएका सादा पोसाकका प्रहरीलाई समेत हटाउँन सुरु गरेको प्रदेश प्रहरीले जनाएको छ । एकै ठाउँमा बस्दा जनताले विश्वास नगर्ने भन्दै उनीहरुलाई सरुवा गरी अन्यत्र पठाउँन लागीएको प्रदेश प्रहरीले जनाएको हो ।

लामो समय देखि सोर्सफोर्समा काजमा घर पाएक र पैसा कमाउँने ठाउँमा बस्दै आएकाहरुलाई समेत सरुवा गरेर रमना दिने काम भईरहेको प्रदेश प्रहरीका डिआईजी केदार रिजालले बताए । लामो समय देखि एकै ठाउँमा बसीरहेका सिभिल प्रहरीलाई पनि हटाउँन थालेको हो उनी भन्छन् । लामो समय एकै ठाउँमा बस्दा आर्थिक लेनदेन गर्ने भएको कारण काजमा पर्नेहरुलाई रमना दिएर कार्यक्षेत्र पठाउँने कार्य भईरहेको डिआईजी रिजालको भनाई छ ।

संगठनको निमय विपरीत अटेर गरेर बस्नेहरुलाई सरुवा भएको ठाउँमा पठाईने उनको भनाई थियो । पूर्वमा १२ हजार ९ सय ७० जना प्रहरीको दरबन्दी रहेको छ । पूर्वमा अधिकांस भारतीय सिमा क्षेत्र भएको कारण यहाँका प्रहरीहरु आर्थिक चलखेल गर्ने गर्छन । पूर्वमा कमाई हुने जिल्ला र इलाका प्रहरी कार्यलय हुदा यहाँ आउँने प्रहरीहरु शक्ति र आर्थिक चलखेल गरेर आउँने गर्छन ।