धनकुटा । देशव्यापी रुपमा ओली नेतृत्वको वर्तमान सरकारले दैनिक उपभोग्य वस्तुहरुमा चर्को मुल्य बृद्धि गरेको बिरोधमा मंगलबार नेपाली काग्रेसले धनकुटामा पनि विरोध कार्यक्रमको आयोजना गरेको छ ।
नेपालीकाग्रेस जिल्ला समिति धनकुटाले आयोजना गरेको मुल्य बृद्धि विरुद्धको बिरोध कार्यक्रममा नेपाली कांग्रेस जिल्ला समिति धनकुटाको कार्यलयबाट निस्केको जुलुसले बिचबजार, सिरानबजार भिमनारायण चौक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुलाक टोल हुदै धनकुटा बस पार्कमा कोण सभामा परिणत भएको थियो । नाराजुलुस लगाउने क्रममा उनीहरुले पुर्ववर्ति सरकारले गरेको जनप्रिय निर्णयहरु कार्यान्वयन गर, स्वतन्त्र न्यालय र प्रेस माथिको आक्रमण बन्द गर, नागरिकलाई ६५ वर्षमै वृद्धभत्ताको व्यावस्था गर, गम्भिर प्रकृतिको बिरामीलाई मासिक रुपमा ५ हजार जिविकापार्जन भत्ताको व्यावस्था गर लगायतको नारा लगाएका थिए ।
कोण सभालाई पुर्व पार्टी सभापति हरिकुमार राई, पुर्व उप–सभापति अजित नारायण सिंह थापा, नेपाली काग्रेस झापाका जिल्ला नेता पदम पौड्याल, जिल्ला सदस्य निर्मल ओझा, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य ममता राई, जिल्ला सचिव विजय सन्तोषी राई लगायत वक्ताहरुले वर्तमान ओली सरकार जनता प्रति अनुदार हुदै महंगी बृद्धि भैरहदा समेत कर्तव्य विमुख भई मुलुकलाई बिस्तारै अधिनायकवाद तर्फ लगेको र संविधानको धज्जी उडाएको आरोप लगाएका छन् ।उनीहरुले अधिनायकवादी र जनविरोधी क्रियाकलाप वर्तमान सरकारले देखाउन थालेकोले आन्दोलनमा नेपाली कांग्रेस देशव्यापी रुपमा उत्रिनु परेको बताएका छन् ।