पथरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएका ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट चार जना पत्रकार पुरस्कृत हुने भएको छ । मंगलबार फोनिज केन्द्रले चार पत्रकारको नाम सार्वजनिक गर्दै फोनिजको स्थापना दिवसमा चारजनालाई पुरस्कृत गरिने जनाएको हो । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र कमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुनुहुने भएको फोनिजका संगठन सचिव मिलन लिम्बूले जानकारी गराएका छन् । जनही ४० हजार रुपैयाँ राशीको पुरस्कारले साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान गरिने सचिव लिम्बूले बताए । पुरस्कार छनौट समितिको १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय १५ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो ।