धरान । सन्तान भनेकाे सबै अामाबाबुकाे लागी प्राण बराबर हुन्छन् । सन्तानले गरेका एउटा हाेइन हरेक गल्ती बाबुअामाले स्वीकारेका हुन्छन् । उनीहरूकाे खुसीकाे लागी मात्र हाेइन भविष्यकाे लागी भनेर बाबु अामाले दुःख गरेरै भएपनि सम्पत्ती जाेडेका हुन्छन् ।
तर भक्तपुरमा एक यस्ता निर्दयी बाबु भेटिएका छन् जसले घरायसी विवादमा आफूसँगै सुतेका १७ वर्षीय छोराको क्रूर हत्या गरेका छन् ।मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले अाफूसँगै सुतेका १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले दाउले घाँटीमा प्रहार गरेर डिल्लीरामले आफूसँगै सुतेका छोराको हत्या गरेको जानकारी दिए ।छोराको हत्या गरी भाग्दै गरेका चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।