रङ्गेली । जिल्ला वन कार्यालय मोरङले गत आर्थिक वर्षमा ९ करोड २८ लाख ७८ हजार ६ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा वनपैदावार तथा लिलामीबाट ८ करोड ४२ लाख ९ हजार, न्यायिक दस्तुुरबाट १० लाख ३३ हजार, बेरुजुु असुुलीबाट २८ लाख र सेवा बापत् ७ लाख ५६ हजार राजस्व सङ्कलन गरेको छ । सामुुदायिक वनबाट ३ लाख ३४ हजार, साझेदारी वनबाट १ लाख ९३ हजार, सरकारी वनबाट ४४ हजार ९ सय ९० तथा निजी वनबाट २ लाख ११ हजार क्युुविक काठ उत्पादन भएको जिल्ला वन कार्यालयका प्रमुुख डा. विनोद देवकोटाले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा साढे सात करोड राजस्व सङ्कलन गरेको उनले जानकारी दिए । यस वर्ष पनि वन पैदावार आपुर्ति समितिबाट काठ उपभोक्तालाई वितरण गर्ने तयारी भइरहेको छ । जिल्ला वनले सस्तो मूुल्यमा सहज रूपले उपभोक्तालाई घर बनाउन, विकास निर्माण तथा कृषि औजार निर्माणका साथै आगलागीमा परेकालाई काठ उपलब्ध गराउँदै आएको प्रमुुख डा विनोद देवकोटाले बताए । कार्यालयले आगलागी पीडितलाई ४ सय ३४ क्युुविक र विकास निर्माण तथा कृषि औजारका लागि ६ हजार ६ सय ४५ क्युुविक काठ वितरण गरेको जनाएको छ ।