भद्रपुर । नेपाल वंशज परिषद झापाले भद्रपुर ९ पोकापाडामा शनिबार १३ औ घुम्ती बैठक सञ्चालन गरेको छ । झापामा छरिएर बसोबास गर्दै आएका नेपाल बन्धुलाइ संगठित बनाउने उद्देश्य लिएर बैठकको आयोजना गरेको हो ।
परिषदको आयोजना र भद्रपुर नगर समितिको सम्योजनमा बसेको बैठकले बिभिन्न प्रस्तवमाथि छलफल गरी निर्णय समेत गरेको छ । ओझेलमा परेका बन्धुहरुको क्षेत्रमा बैठक बसी विषयवस्तुको बारेमा छलफल गर्ने, जिल्ला तथा नगरको विनियम बनाउने, बढी भन्दा बढी आजिवन तथा साधारण सदस्यतामा बृद्धि गराउने, कतिपय बन्धुलाई आफनो वंशावली नम्बर थाहा नभएकोले पुख्र्यौली खोज्ने, जिल्ला परिषदको साधारण सभा आउदो मङ्सीर महिनामा सम्पन्न गर्ने र अबको चौधौं घुम्ती बैठक भदौको तेस्रो साता दमकमा बस्ने निर्णय गरिएको परिषदका सचिव देवी नेपालले जानकारी दिए ।
बैठकमा रेवतीरमण, टीका देवी, उत्तम, नगर सचिव शालिकराम लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए । अध्यक्ष हरि नेपालको अध्यक्षतामा बसेको बैठकमा नगर परिषद समितिका अध्यक्ष भगिरथले उद्देश्यमाथि प्रष्ट पारेका थिए । वैठकमा वंशावली क्रमसङ्ख्या १६ देखि २२ सम्मका तीन दर्जन भन्दा बढी बन्धुको उपस्थिती रहेको थियो ।