पथरी । कानेपोखरी गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा निर्माणधिन सुकुना खोलाको पुल सञ्चालनमा नआई भत्किएको छ ।
मिलन चौकबाट पूर्व घाट हुदै पथरीशनिश्चरे जोड्नेबाटोको पक्कि पुल निमार्ण सम्पन्न नभई भत्किएको हो । बाढिले पुलकाे उत्तर पटिको एउटा पङ्खा पुलसँग छुट्याएकाे र ढल्न लागेको छ भने पुलको तल्लो भाग पानी बग्ने ठाउँकाे ढलाई गरेको तल्ली भाच्चीएर पल्टएको छ।
त्यती मात्र होइन पुल एकातिर र खोला एका तिर भएरको छ । निर्माण गरिएको पुलको पूर्व पट्टिबाट खोलाले गहिरो बनाएर धार फेरेकोले अब पुल मुनिबाट खोला कुदाउन निकै खर्च हुने वडासदस्य रोशन गुरुङले बताए ।
बिभिन्न समस्याले गर्दा निर्माणको काम अन्तिम समयमा शुरु गरेकोले यस्तो समस्या आएको निर्माण समितिका अध्यक्ष कमल लिम्बूले बताए । उनले भने –‘मैले अन्तिम समयमा आएर आफै अध्यक्ष बसेर बनाएको पुल हो । पुल ढलाई गरेको बाँसको खम्बा पानी परेको पछि त्यहाँबाट हटाउनु पर्छ भन्दा ओभरसियर खड्ग बस्नेतले २२ दिन राख्नु पर्छ भने पछि नहटाएको हो । त्यसले गर्दा बाँसमा बिभिन्न झाँरपातहरु अल्झाएर पानी थुनिए पछि त्यस्तो क्षती भएको हो ।