भद्रपुर । नेपाल क्षयरोग निवारण संस्था झापाको अध्यक्षमा उद्योगी गोपाल बहादुर थापा चयन भएका छन् । संस्थाको विधान बमोजिम चार वर्षे कार्यकालको लागि शनिबार भएको निर्वाचनमा थापा निर्वीरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार सदस्यहरुमा हेम कुमार घिमिरे, कृष्ण प्रसाद प्रसाई, तोर्ण बिक्रम कार्की, धनजूजू श्रेष्ठ, शोभा श्रेष्ठ, ऋषि चापागाई, केदार महत, ससीम पोखरेल, मान बहादुर धमला र राजदेव शाह निर्वाचित भएको जनाइएको छ । समितिलाई निर्वाचन अधिकृत नारायण प्रसाद श्रेष्ठले कार्यकालको पूर्ण सफलताको कामना गर्दै प्रमाण पत्र प्रदान गरेका थिए ।