इटहरी प्रदेश एकमा चम्किएको सहर हो । यातायातको केन्द्र बिन्दु भएकै कारण इटहरी परिचित छ । ब्यापारीक हब बन्दै गएको इटहरी साझमै बन्द हुदै आएको छ । इटहरी साझ नपदै किन बन्द हुन्छ ? राती किन खुल्दैन इटहरीका होटल तथा पसलहरु ? यो प्रश्न उदयमान सहर माथि गम्भिर छ । वेलुका आठ बजे पछि इटहरी बजार सुनसान हुुनु आफैमा राम्रो कुरा हैन । इटहरी अबेर सम्म खुलाउँन नसक्नु यहाँका प्रहरी प्रशासन देखि राजनितिक दल,जनप्रतिनिधि,उद्योग वाणिज्य संघ लगायत संघ संस्थाहरुको कमजोरीकै कारण इटहरी साझमैै बन्द भईरहेको भने स्पष्ट छ । स्थानीय निर्वाचन अगाडी रातभ इटहरी खुलाउँने अभियान कहाँ पुग्यो मेयर सायब ? किन पुरा हुदैनन् चुनाब अघिका बाचा ? किन बोलिदैन सार्वजनिक चासोको बिषयमा ? नसुत्ने सहर बनाउँने अभियान एक वर्ष पुग्दा पनि लागु नहुनु आफैमा लज्जा छ । इटहरीलाई साझमा बन्द हैन रातभर पसल खुलाउँन अभियान ल्याउँन आवश्यक छ । साझमा बजार बन्द गराएर सुरक्षीत कहिले सम्म होला इटहरी ? प्रदेश नम्वर एकको राजधानी दावी गरीरहेको इटहरी ठाउँ स्थान र क्षेत्रफल हेर्ने हो भने पनि ठुलो सहरको कल्पना गरीरहेको छ । ८ बजे पछि इटहरी जस्तो उदयमान सहरमा सियो किन्न पाईदैन । अधिकांस बजारहरु बन्द हुन्छन् । टाडाटाडाबाट आएका आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई रातपरे पछि खान खुवाउँने सम्म नसक्ने इटहरीले बाहिरका पर्यटकसामु कस्तो सुचना लौजादै छ ? पर्यटन ब्यवासायी हुँ भन्दै चिया पसलमा गफ गर्नेहरुले किन बोल्दैनन् ? प्रहरीले शान्ती सुरक्षाको कारण देखाउँदै पसल बन्द गराउँन मिल्दैन । यसरी साझमै पसल वन्दको विषयमा उद्योग वाणिज्य संघ इटहरीको चुनाव अगाडी पनि निकै वहष भो ,चुनाव चित्न ब्यापारीको दुबै टिमले वुलेका अवेर सम्म ब्यापार गर्ने वातावरण मिलाउँने भन्दै घोषणा पत्र जारी गरे चुनाव सकियो वहष पनि सकियो त्यो लगातै स्थानीय तहका चुनावमा पनि इटहरीलाई नसुत्ने सहर बनाउने घोषणा पनि घोषणामै सिमित हुन पुगेको छ ।
पसल तथा होटलहरु बन्द गराएर झै झगडा नहुदा प्रहरी संगठनले मुल्याकन र पुरस्कृत गर्ला तर यहाँका जनताले शान्तीसुरक्षाको अनुभुति पाउँन सक्दैनन् । प्रहरीको काम सुरक्षा दिने हो दिनु पर्छ । इटहरी राती अवेर सम्म खोल्ने हो भने इटहरीमा आन्तरीक पर्यटकहरु समेत बढ्ने पक्का छ । इटहरीलाई राती कम्तीमा ११ बजे सम्म बजारहरु खुल्न इटहरीलाई आवश्यक नै भईसकेको छ । तर ब्यापारीका नेता तथा ब्यापारीहरुकै पनि कमजोरीको कारण इटहरी साझमै बन्द हुने गरेको छ । शान्ती सुरक्षालाई दोस देखाउँदै साझमा बजार बन्द गर्नु भन्दा पनि सुरक्षा मागेर ब्यावसाय गर्नु उचित हुन्छ । पूर्वकै यातायात, बाणिज्य, उद्योग, शिक्षा तथा शान्ति सुरक्षा र बसोबासको दृष्टिकोणले शान्त स्थानको पहिचान बनाउन सफल इटहरी साझमै बन्द हुुनु आश्चर्य हैन र ? सुन्दर सफा हरित नगरी, बासोबास योग्य हाम्रो इटहरी, व्यापारिक नगरि लगायत विभिन्न नामले परिचित रहदै आएको इटहरी साझमै बन्द गराउँन नदिन प्रहरी प्रशासन र जनप्रतिनिधिहरु लाग्नु आवश्यक छैन र ?
बजार बन्द गरेर के को शान्ती सुरक्षा ? इलाका प्रहरी कार्यलय इटहरीलाई जिल्लाले मात्र हैन प्रहरी प्रधान कार्यलय सम्म आँखा लाग्छ । यहाँ आउँने प्रहरी अधिकृतहरु पावर र पैसाको भरमा आउँछन भन्दा फरक नपर्ला । इलाका प्रहरी कार्यलय इटहरीमा अधिकृतहरु आए गए । कर्म गर्ने शिलसिलामा प्रहरी अधिकृतहरु आउँनु जानु स्वभावीक हो । प्रहरी अधिकृतहरु इटहरी आउँनु भन्दा अगाडी नै आफ्नो प्रथामिकतालाई डाईरीमा लेखेर आउँछन र आ आफ्नै शैलीमा एक वर्षभर इप्रका चलाउँने गर्छन । प्रहरी अधिकृतहरुको आ आफ्नै शैलीका कारण इटहरीमा एक, एक वर्षमा नियम कानुन नै परीवर्तन गरुला जस्तो गर्छन । अहिले प्रहरीले ९ बजे बजार बन्द गराउँदै हिडिरहेको छ । प्रहरीको काम सुरक्षा दिने हो तर बजार वन्द गरेर सुरक्षा दिदै छ प्रहरी ! छिमेकी सहरहरु राती अवेर सम्म खुल्ला भए पनि इटहरीमा भने सेकुवा पसल देखि पान पसल सम्मको सटर गुण्डागर्दी शैलीमा प्रहरी वन्द गर्ने जान्छ उही नौ बजे ! के यही हो त प्रहरीको शान्ती सुरक्षा ? प्रहरीले सोच्नु पर्छ प्रहरीको काम शासन गर्ने हैन सुरक्षा दिने मात्र हो । ब्यावसायलाई सुरक्षा दिन नसक्ने प्रहरीहरुले सिंगो समाजको अपराध नियन्त्रण कसरी गर्ला डिएसपी सायब ? रातभर पसलहरु सञ्चालन भए पनि प्रहरीले सुरक्षा दिनु उस्को कतब्य हो र दिनु पनि पर्छ । ब्यावसाय वन्द गरेर के को शान्ती सुरक्षा ? वन्द गरेर हैन खुल्ला गरेर शान्तीसुरक्षा दिन सक्नु पर्छ । हैन भने अरुको सानो कमजोरलाई लिस्नु वनाउँने प्रहरीले आफ्नो कमजोरीलाई पनि कमजोरी सम्झनु पर्छ कि डिएसपी सायब ? इटहरी आपासको क्षेत्रमा चोरी तस्करी र गुण्डागर्दी धेरै छ । जनताको सुरक्षा र अपराधिक क्रियाकलाप रोक्न प्रहरीले नयाँ भुमिका देखाउँन पर्ने आवश्यक छ । इटहरी प्रहरीले लामो समय देखि गर्ने नसकेको ठुला केही अपराधिक घट्नाहलाई वाहिर ल्याउन सक्नु पर्छ ।