यासोक । बहुचर्चित ७ सय ६२ मेगावाटको तमोर जलाशय, तमोर कोरिडोर र तमोर लिफ्ट खानेपानी आयोजनाको सुरक्षाको लागि भन्दै प्रहरीले ग्रामिण गस्ती गरेको छ । पाँचथरको कुम्मायक गाँउपालिकामा संचालन भई रहेका यस्ता राष्ट्रिय गौरवका आयोजनाको सुरक्षा चुनौति बढ्न सक्ने भन्दै इलाका प्रहरी कार्यालयले उक्त स्थानमा सुरक्षा गस्ती गर्दै आएको इलाका प्रहरी कार्यालय यासोकका प्रमुख सई भरतकुमार थापाले बताए ।

आयोजना संचालन भईरहेका स्थानमा सुरक्षा चुनौतिको बिषयमा नागरिकहरुसंगको अन्तरक्रिया र छलफलहरु समेत भईरहेको थापाले बताए । गाउँपालिकाको ३ र ५ वडामा राष्ट्रिय गौरवका आयोजनाहरु संचालन भईरहेका छन । निर्माण स्थलआसपासमा अपराधिक कृयाकलाप घट्न सक्ने भन्दै ग्रामीण गस्ती, गरिएको उनि बताउँछन ।

नागरिकसंगको अन्तरक्रिया र छलफलबाट नागरिक र प्रहरीसंगको सम्बन्धलाई कायमराख्ने उदेश्य अनुरुप यस्तो अभियान चलाईएको हो । अपराधिक कृयाकलाप न्यूनीकरण गर्नको लागि यसले ठुलो सहयोग पुर्याउदै आएको छ । गाउँपालिकामा प्रहरीले जबरजस्ती करणी, साईवरक्राईम लगायतको बिषय संम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

'जनतासंग प्रहरी', 'मुस्कान सहितको प्रहरी' नामक कार्यक्रमलाई पनि यसले सहयोग मिल्ने प्रहरीले जनाएको छ । जिल्लाको १ नगरपालीका सहित ७ गाउँपालिकामध्ये कुम्मायक गाउँपालिमा राष्ट्रिय गौरवको आयोजना संचालनभई रहेकाले पनि कुम्मायक गाउँपालिको योजनाहरुलाई प्रहरीले निगरानी गर्दै आएको छ ।