विराटनगर । मोरङ सुन्दर हरैचा– ४ गछीया खोलामा अबैध रुपले बालुवा र गिटि उत्खनन् गर्दै आएको पाँच वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरी टोलीले आइतबार अबैध रुपमा बालुवा र गिटी उत्खनन् गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बालुवा र गिटी निकाली रहेको अबस्थामा को.२ त.७३१७, को २ त ७०३७, को २ त ७२२३, को २ त ४१०५ र को १ त ६९४९ नम्बरको ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको पाँच वटै ट्याक्टरलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङमा पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी निशान थापाले जानकारी दिए ।

सरकारले वर्षाको समयमा असारदेखी लागू हुने गरि दुई महिना खोलामा उत्खनन गर्न पूर्ण रुपमा रोग लगाएको छ । सरकारले उत्खनन गर्न रोक लगाए पनि बालुवा, टुङगा गिटीका तस्करहरुले भने प्रहरीको आँखा छलेर तस्करी हुने गरेकाे छ । यस अघि इप्रका केराबारीले समेत अबैध रुपमा उत्खनन गर्ने टिफर, ट्याक्टरहरुलाई नियन्त्रणमा लिएकार आवश्यक कारवाहीको लागि स्थानिय तहमा पठाएको थियो ।