धनकुटा । धनकुटाको पर्यटकिय स्थल साँगुरीगढी गाउँपालिका वडा नं. ६ सिम्सुवामा रहेको नमस्ते झरनाको निर्माण कार्य सम्पन्न भएको झरना व्यावस्थापन समितिले जनाएको छ ।

गएको असार १ गते इटहरी उपमहानगरपालिका वडा नं. ९ घर भएका विक्रम तामाङ परिवारसंग झरना घुम्न आउँदा अचानक ढुङ्गा झरेर घाईते भएपछि उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको थियो । घट्ना पछि झरना व्यवास्थापन समितिले नमस्ते झरनामा अनिश्चितकालको लागी आवागमन बन्द गरेको थियो । झरना आवागमन बन्द गरेर १ महिना भन्दा बढी लगाएर झरना घुम्न आउने पर्यटकको सुरक्षाको लागी झरनाको दायाबायाँ माछिकाँडे जाली लगाइएको छ ।

व्यावस्थापन समितिका संस्थापक अध्यक्ष अग्नी लिम्बूका अनुसार  झरनामा ढुङ्गा नझर्ने गरी माछीकाँडे जाली लगाउने काम सकिएको छ। झरना व्यावस्थापन समितिका अध्यक्ष दिलिप कुमार लिम्बूका अनुसार मंगलबार बिहान देखी औपचारिक रुपमा झरनामा आवत–जावत खुल्ला गर्ने जानकारी दिएका छन् । लिम्बूले झरनामा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको लागी अबको दिनमा थप सुरक्षा व्यावस्था अपनाईने बताए ।