मधुमल्ला । मोरङ को मिक्लाजुङ–९ मा हात्तीले सनिबार मध्यरातमा एक पसलमा क्षति पुर्याएको छ । कत्ले चारकोसे झाडी अन्र्तगत मिक्लु सामुदायिक वन क्षेत्रबाट आएको एउटा जंगली हात्तीले मिक्लाजुङ–९ मधुमल्ला बजार पुछारकि कल्पना मगरको पसलमा क्षति पुर्याएको हो । उनको पसलमा क्षति पुर्याउनको साथै पसलको सामान नष्ट गरिएको छ । मध्यरात १२ बजे हात्तीले पसल तथा घरमा क्षति पुर्याउन थालेपछि स्थानीयमा भागदौड मच्चिएको थियो । पाँचथर यासोक घर भइ मधुमल्लामा डेरा बसि पसल र्गदै आएकि मगरको ४० हजार मुल्य बराबरको क्षति भएको इप्रका मधुमल्लाका प्रहरी नायब निरिक्षक टेक बहादुर श्रेष्ठले बताउनु भयो । हात्तीले मानवीय क्षति नपुर्याएपनि निम्न आय भएका परिवारको घर, पसल तथा करेसाबारिमा क्षति पुर्याएपछि पीडितहरुको विजोग भएको छ ।

हात्तीले क्षति पुर्याएपछि वडा नं. ९ का वडाध्यक्ष सोमनाथ अधिकारीले अवलोकन गर्दै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने आश्वसन दिएका छन् । बस्ती नजिकै घना चारकोसे झाडि र त्यस क्षेत्रबाट आएर सदै जंगली जानवरले सदै दुख दिने हुदा त्यस क्षेत्रका बासिन्दा त्रसित र कस्टकर जिबन बिताइरहेका छन्।