भद्रपुर/एक वर्ष अघि जिल्ला प्रहरी कार्यालय झापाको कार्य सम्हाल्न आएका एसपीको विधाई गरिएको छ । सामुदायिक प्रहरी सेवा र वडा कार्यालय भद्रपुरले आइतबार एक कार्यक्रमको आयोजना गरी एसपी विष्णु कुमार केसीलाई विधाई गरेको हो । सामुदायिक अध्यक्ष शिला खड्काको सभापतित्व तथा भद्रपुर नगरप्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केसीलाइ मायाको चिनो चाँदीको करुवा प्रदान गरिएको थियो । कार्यक्रममा एसपी केसीले कार्य अबधिभर सबै क्षेत्रको भरपुर सहयोग पाएको प्रशंसा गरेका थिए । झापाली समुदाय धेरै मन परेकोले बढुवा भएर पुन झापा आउने इच्छा रहेको जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले जिल्ला प्रहरी प्रमुखको कार्यशैली प्रति खुलेरै प्रशंसा गरेका थिए । महासचिव बिक्रम कुमार बुढाथोकिले सञ्चालन गरेको कार्यक्रममा उपमेयर चन्द्रमाया श्रेष्ठले मन्तव्य र सामुदायिकका सदस्य देबकुमार घिमिरेले गरेका थिए । कार्यक्रममा प्रहरी कर्मचारी ,विभिन्न सङ्घ संस्था,उद्योगी–व्यापारी,जनप्रतिनिधि,कर्मचारी,पत्रकार लगायतको सहभागिता रहेको थियो । केसी विभागको तालिम शाखा सरुवा भएका छन्, भने कानून शाखाबाट भिम प्रसाद ढकाल आउदै छन् ।