विराटनगर । बचतकर्ताले जम्मा गर्न दिएको करडौं रुपैयाँ अपचलन गर्ने विराटनगरस्थित प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको अर्का संचालक विष्ण सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुवेदीलाई समेत पोखराबाट पक्राउ गरिएको हो । यस अघि उक्त सहकारीका मुख्य सञ्चालक इश्वर श्रेष्ठलाई मोरङ प्रहरीको विशेष टोलीले पोखराबाट पक्राउ गरिएको मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले खोजी गरेको तीन महिनापछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठ र सुवेदीलाई हवाइमार्ग हुँदै आज बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको एसपी केसीले जानकारी दिए । उनका अनुसार आज नै दुबै जनालाई ठगि अन्गर्तत सात दिनको म्यात थप गरि अनुसन्धान अगाडी बढाएको छ ।

सहकारीको करडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठ रहेको बताइएको छ । सहकारीको करडौं रुपैयाँ अपचलन गरि लामो समयदेखी फरार भएका श्रेष्ठ पोखरामा रहेको उनको ‘एलोबेरा जुस फ्याक्ट्रीबाट’ पक्राउ परेको बताइएइको छ ।

सहकारिका व्यवस्थापक तथा सचिब समेत रहेका इश्वरले आफन्त, नजिकको मान्छेको नाममा लाखौं रुपैयाँ आफैले कर्जा लिएर बचतकर्ताको जम्मा गरेको पैसाँ लिएर फरार भएका थिए । विराटनगर – १ बुद्धचौक घरमा भएका श्रेष्ठले सहकारीको करडौ रुपैयाँ अपचलन गरि उनले पोखरामा सञ्चालनमा ल्याएको जुस फ्याक्ट्री र विराटनगरमा रहेको थुक्पा उद्योगमा लगानी गरेको बुझिएको छ ।

प्रहरीले इश्वरलाई पक्राउ गरेपछि अर्का संचालक मध्येका उपाध्यक्ष सुवेदीलाई पोखराबाट नै पक्राउ परेका छन्  । पक्राउ परेका विष्णुप्रसाद क्षेत्रिय टेलिकम विराटनगरको कर्मचारी रहेको बताइएको छ ।

लामो समयदेखी विराटनगर – ९ बाटारोडमा सञ्चालनमा आएको सहकारीले १ सय ३८ जना बचतकर्ताको जाहेरीमा २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ बिगो माग दाबी गर्दै आइतबारसम्म जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको डिएसपी निशान थापाले जानकारी दिए । ‘सहकारीबाट ठगिएको भन्दै उजुरी दिने क्रमम बढेको छ,’ डिएपी थापाले भने, ‘यो क्रमम दैनिक बढदोछ ।’ उनीहरुले सहकारीमा बचत गरेकोे पैसाँ अपचलन गरेको ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी मध्धे उक्त सहकारीको घोटला प्रकरणको मुख्य मान्छे इश्व र विष्णलाई पक्राउ परेका छन ।