इटहरी । प्रदेश युवा ऐन बनाई राष्ट्रिय विकासमा युवा सहभागिता अभिबृद्धि गदै राजनितिक आर्थिक सामाजिक र सास्कृतिक अधिकार युवाहरुले पाउँनु पर्ने युवाहरुले माग गरेका छन । शिक्षा ,स्वास्थ्य ,रोजगार लगायतका क्षेत्रमा अधिकारको वातावरण हुनु पर्ने उनीहरुको माग छ । प्रदेशमा युवाहरुको लागी बजेट विनियोजन भए पनि ऐन नहुदा युवा समितिहरु अन्यौलमा परेको युवाहरु बताउँछन ।

जिल्ला युथ कार्यलय सुनसरीले आयोजना गरेको १९ औ अन्तराष्ट्रिय युवा दिवस २०१८ युवाको लागी सुरक्षीत स्थान भन्ने नारा सहित प्रादेशिक युवा ऐन अधिकार र भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा युवाहरुले युवा अधिकारको बारेमा प्रदेश सरकारले ऐन बनाउँन आवश्यक रहेको बताएका थिए । नेपालमा ०६८ को जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षका युवावर्गको संख्या ४०.३५ प्रतिशत रहेकोे छ । युवाहरुलाई सकरात्मक बाटो देखाउँदै राज्यले युवा लक्षित कार्यक्रम ल्याउँनु पर्ने विमला कार्कीले बताईन ।

स्काई युवा क्लब झुम्काका तर्फबाट साश्वत गौतमले आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउँदै स्थानीय सरकार संचालन ऐन अन्तरगत निमार्ण भएको योजना तर्जुमा युवाको सहभागीता को ब्यावस्था हुनु पर्ने बताएका थिए । त्यस्तै वडा तह सम्मका क्लबहरु सँग समन्वय गरी युवा संजाल गठन गर्नु पर्ने, युवाहरुको लागी बजेट विनियोजन गर्नु पर्ने,युवाहरुलाई विनाधितो सुलभ ब्याजदरमा श्रmणको ब्यावस्था गर्नु पर्ने ज्ञापन पत्र बुझाएका थिए ।

राष्ट्रिय युवा नीति २०६६ को कार्यान्वयनका लागि युथ भिजन २०२५, निर्माण हुनु, राष्ट्रिय युवा परिषद भए पनि अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित गराउँन नसकेको तारा चाम्लिङले बताईन । कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति रहदै आएको भन्दै अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित मात्र होइन विदेश पलायन भईरहेको चाम्लिङको भनाई थियो ।

नेपाल युवा संस्था सञ्जालका पूर्व महासचिव तथा युवा विकास केन्द्र इटहरीका अध्यक्ष अरुण खड्काले प्रादेशिक युवा ऐन निमार्ण,अधिकार र भूमिकाको विषयमा अवधरणा पत्र प्रस्तुत गदै युवाहरुलाई अझै पनि राज्यले चिन्न नसकेको जनाए । राष्ट्रिय युवा नीति २०७२ ल्याएको ऐनलाई सरकारले कार्यन्वयन गर्नुको विकल्प नरहेको उनको भनाई थियो ।

प्रदेश सरकारले युवाहरुलाई लक्षित गरेर कार्यक्रम ल्याउँनु पर्ने बताएका थिए । अवधारणा माथि टिप्पणी ब्लाष्ट दैनिकका सम्पादक किशोर कार्की र अधिवक्ता विरेन्द्र बस्नेतले गरेका थिए ।प्रदेश एकका प्रदेशसभा सदस्य सर्वध्वज साँवाले युवाहरुलाई राज्यले नचिने देश विकास नहुने जनाए । युवाहरुको लागी जिवन उपयोगी शिक्षा आवश्यक भएको उनको भनाई थियो । विदेश पलायन भईरहेको युवाहरुलाई देश विकासमा लगाउँन राज्य लाग्नुको विकल्प छैन उनले भने ।

युवाहरुको भूमिकाको बिषयमा राज्यले नै लाग्नुको विकल्प छैन उनी भन्छन् । विगतमा युवा र उनीहरुका सरोकारका बिषयलाई राज्यका नीति, कानून एवं कार्यक्रमले सही रुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने युवाहरु बढिरहेको छ ।आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले देशभर युवा समिति गठन भए पनि सन्तोषजनक काम नभएको उनले बताए । अधिकार र नीतिगत कार्य पनि राम्रो नभएको उनको गुनासो थियो ।

संघिय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएकै कारण युवाहरुको अधिकार पुरा गर्ने नसकेको उनको भनाई थियो । युवा नीतिको बारे छलफल गरी अगाडी बढ्नुको विकल्प नभएको उनको तर्क छ । युवाहरु लागु औषधमा लागी परेको भन्दै लागु औषध नियन्त्रणमा लाग्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रम जिल्ला अध्यक्ष हर्कजङ ऐभेङ लिम्बुको अध्यक्षतामा भएको थियो । तत्कालिन नेकपा एमाले सुनसरीका अध्यक्ष रमेश वस्नेत नेता मुरारी सुवेदी लगायतले कार्यक्रममा बोलेका थिए ।