पानवारी । पहेलो पोशाक लगाएर खाली खुट्टा जल लिएर चढाउन मन्दिरसम्म हिड्ने यात्रालाई बोलबम यात्रा भनिन्छ । धरानको पिण्डेश्वरमा वर्षाैअघिदेखि प्रत्येक वर्ष साउने सोमबारका दिन बराहक्षेत्र चतराबाट कोशीको जल ल्याएर चढाउने प्रचलन सुरु भएको हो ।
विगत ३ वर्षदेखि मोरङको केराबारी स्थित बुढी गंगाको पानी ल्याएर धरान–६ स्कुलडाँडामा रहेको शिव मन्दिरमा जल चढाउन सुरु गरिएको छ । पवित्र नदि गंगाको शिरको रुपमा मानिदै आएको बुढीगंगाबाट जल ल्याएर ३ वर्ष अघिदेखि चढाउन सुरु गरेको बोलबम यात्रामा प्रत्येक वर्ष भक्तजनको उपस्थिति बाक्लिदै गएको ६ नं. वडाध्यक्ष भुवनसिंह बस्नेतले बताएका छन् । पानवारी, याङशिला, सतिसाले लगायत केराबारीका स्थानीयहरुको भिड नयाँ बोलबमको रुपमा रहेको पानवारीमा बढ्न थालेको छ ।