पाँचथर । साइप्रस पठाइदिने भन्दै दुई युवाबाट रकम लिएर एक व्यक्ति सम्पर्कबिहीन बनेका छन् । साइप्रस पठाइदिने सर्तमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–८, का मिङ्माछिरिङ् लामा र धनकुटाको चौबिसे गाउँपालिका–१, का डबिन श्रेष्ठबाट जनही एक लाख ४० हजार लिएर खोटाङ दिप्रुङ गाउँपालिका–२, का युवराज गुरुङ सम्पर्कबिहीन बनेको पीडित युवाले बताएका छन् । आवस्यक कागजपत्र पूरा भएपछि उतै बस्दै आएकी आफ्नी बहीनिले भिजा पठाइदिने भनेर गुरुङले गत वर्षको फागुन अन्तिममा ४०–४० हजार र चैतमा एक–एक लाख रुपैंयाँ रकम लिएको पीडित लामाले बताए । साइप्रस पुगि पैशा कमाउने सपना बोकेर रकम बुझाएका ती युवा रकम लिने व्यक्ति नै सम्पर्कबिहीन बनेपछि अहिले अन्यौलमा परेका छन् ।